राज शाही शुक्रबार, फाल्गुण १९, २०७९ मा प्रकाशित

सिमकोट गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत बाल गृह तथा छात्राबासहरुको अनुगमन गरिएको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको नेतृत्वमा सिमकोट गाउँपालिका वडा नं ५ र ६ मा संचालित बालगृह तथा छात्राबासको अनुगमन गरिएको हो । सिमकोट गाउँपालिकाका उपध्यक्ष सुसिला रोकाया सहित प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, प्रहरी नायव उपरिक्षक भिमलाल भटराइ, सिमकोट गाउँपालिका शाखा प्रमुख सँगै पत्रकारहरुको संयुक्त टोलीले सोही गाउँपालिका वडा नं ५ मा रहेको साहारा समुहबाट अनुगमन सुरु गरेको हो । सोही अनुगमनका क्रममा सिमकोट गाउँपालिकाले उक्त छात्राबासमा बसोबास गर्ने फरक क्षमता भएका बालबालिकाहरुकोलागी बस्ने खाने सहितको व्यवस्था गरेकाले गुणस्तरीय बसाइलाई सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले जोड दिएका थिए ।


बालबालिकालाई जाने बजेटको दुरुपयोग हुन सक्ने भएकाले साहारा समुहमा के कति बालबालिकाको बसो बास रहेको छ सो एकिन रेकट सहित बालबालिका वसाइका क्रममा भएको असजलाई सुधार गर्नुका साथै गुणस्तरिय खानपान सँगै सरसफाइलाई ध्यान दिनका लागी सिमकोट गाउँपालिका उपाध्यक्ष सुसिला रोकाया भामले निर्देशन दिएकी थिइन ।

अनुगमन सुक्रबार दिनको ३ वजे गरिएको थियो । साहारा समुहमा बस्ने बालबालिकाको रेकटलाई चुस्त दुरुष्त राख्ने अवदेखि अभिभावकको बैठक नियमित राख्ने छात्राबासमा बालबालिका वसाइका क्रममा भएका केही कमी कम्जोरीलाई सुधारदै जाने र हाल ३१ जना बालबालिका सो समुहमा रहेको व्यहोरा सोही छात्राबासका वाडेन सुर्य प्रसाद पौडेलले अनुगमन कर्तालाई अवगत गराएका थिए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९