राज शाही शुक्रबार, फाल्गुण १९, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

सिमकोट गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत बाल गृह तथा छात्राबासहरुको अनुगमन गरिएको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको नेतृत्वमा सिमकोट गाउँपालिका वडा नं ५ र ६ मा संचालित बालगृह तथा छात्राबासको अनुगमन गरिएको हो । सिमकोट गाउँपालिकाका उपध्यक्ष सुसिला रोकाया सहित प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, प्रहरी नायव उपरिक्षक भिमलाल भटराइ, सिमकोट गाउँपालिका शाखा प्रमुख सँगै पत्रकारहरुको संयुक्त टोलीले सोही गाउँपालिका वडा नं ५ मा रहेको साहारा समुहबाट अनुगमन सुरु गरेको हो । सोही अनुगमनका क्रममा सिमकोट गाउँपालिकाले उक्त छात्राबासमा बसोबास गर्ने फरक क्षमता भएका बालबालिकाहरुकोलागी बस्ने खाने सहितको व्यवस्था गरेकाले गुणस्तरीय बसाइलाई सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले जोड दिएका थिए ।


बालबालिकालाई जाने बजेटको दुरुपयोग हुन सक्ने भएकाले साहारा समुहमा के कति बालबालिकाको बसो बास रहेको छ सो एकिन रेकट सहित बालबालिका वसाइका क्रममा भएको असजलाई सुधार गर्नुका साथै गुणस्तरिय खानपान सँगै सरसफाइलाई ध्यान दिनका लागी सिमकोट गाउँपालिका उपाध्यक्ष सुसिला रोकाया भामले निर्देशन दिएकी थिइन ।

अनुगमन सुक्रबार दिनको ३ वजे गरिएको थियो । साहारा समुहमा बस्ने बालबालिकाको रेकटलाई चुस्त दुरुष्त राख्ने अवदेखि अभिभावकको बैठक नियमित राख्ने छात्राबासमा बालबालिका वसाइका क्रममा भएका केही कमी कम्जोरीलाई सुधारदै जाने र हाल ३१ जना बालबालिका सो समुहमा रहेको व्यहोरा सोही छात्राबासका वाडेन सुर्य प्रसाद पौडेलले अनुगमन कर्तालाई अवगत गराएका थिए ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९