Mansarowar Times सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

काठमाण्डौ 

आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरुले बजेट परम्परागत ढङ्गबाट आएको जीकिर गरेका छन् । सांसदहरुले अहिलेको बजेट पूर्णरुपमा कोरोना महामारी नियन्त्रणका लागि केन्द्रित हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

छलफलमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले अहिलेको बजेट तत्कालीन समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा त्यस्तो हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तत्कालीनरुपमा समस्या समाधान हुने गरी बजेट ल्याउनुपर्ने थियो । त्यसपछि पूरक बजेट आउन सक्थ्यो । तर विना कुनै योजना बजेट आएको छ।’

स्वास्थ्य मन्त्रालयलाई केन्द्रित गरेर बजेटलाई क्वरेण्टीन व्यवस्थान, परीक्षण वृद्धि र अस्पतालहरुको पुर्नसंरचनामा खर्च गर्नुपर्ने अवस्थामा त्यस्तो हुन नसकेको उहाँले बताउनुभयो ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोकर्ण विष्टले आउँदो आर्थिक वर्षको बजेटमा ‘परम्परागत बजेटका सप्तरङ्गी विशेषताहरुको झलक’ आइरहेको बताउनुभयो ।

कोरोनाको प्रभावले विश्वव्यापीरुपमा बढिरहेको बेरोजगारी समस्या समाधान, विदेशबाट फिर्ता हुने व्यक्तिहरुको व्यवस्थापनमा बजेट केन्द्रित हुनुपर्ने भए पनि त्यस्तो हुन नसकेको उहाँले बताउनुभयो ।

विष्टले बजेटको पहिलो प्राथमिकता कोरोना नियन्त्रणमा हुनुपर्ने र त्यसपछि उत्पादन र उत्पादकत्व वृद्धिमा हुनुपर्ने बताउनुभयो । उहाँले कृषिजन्य उत्पादनमा सरकारले ध्यान दिँदै आन्तरिक उत्पादनलाई संरक्षण र सहुलियत गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले विश्वका अन्य देशहरुले कोरोनासँग विभिन्न आर्थिक प्याकेज घोषाणा गरे पनि नेपाल सरकारले त्यस्ताे गर्न नसकेको बताउनुभयो ।

सङ्कटमा परेका उद्योग व्यवसायीहरुलाई सङ्कटबाट सरकारले जोगाउन सहयोग गर्न नसके राष्ट्रिय ढुकुटीमा हुँदै आएको सहयोगमा समस्या हुन सक्नेतर्फ पनि उहाँले सचेत गराउनुभयो ।
अन्तिम अपडेट: बैशाख २९, २०७७

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९