राज शाही बुधबार, जेठ १४, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

 

राज शाही हुम्ला

जिल्लामा कुनै पनि खेलकुतका गतिविधि संचालन गर्नका लागी खेलकुत भवन, मैदान र प्याराफिट नभएको अवस्थामा आज प्याराफिटको सिलन्यास गरिएको छ । जिल्लामै पहिलो प्याराफिटको सिलन्यास सिमकोट गाउँ पालिकाले गरेको हो ।

सिमकोट गाउँ पालिकाले टेन्डर आब्हान गरि जित निर्माण सेवाले निर्माण गर्ने उक्त प्याराफिटको सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामा र उपाध्यक्ष वलि रावतले वुधबार विहान ८ वजे सिलन्यास गरे संगै यसै आर्थिक वर्षमा सम्पन्न गर्ने गरि निर्माण कार्य तिव्र गतिमा संचालन भइ रहेको उपाध्यक्ष वलि रावतले बताएका छन् ।

सिमकोट गाउँ पालिका र कर्णालि प्रदेश सरकारको करिव १ करोडको आर्थिक सहयोगमा सिमकोट गाउँ पालिकाको सिमसार नजिक रहेको जमिनमा उक्त प्याराफिट निर्माण हुने भएको हो । सिमकोट ग्याग्रु सडक खण्डको आज अनुगमन गरिएको छ ।सिमकोट गाउँ पालिका अनुगमन समितिका संयोजक वलि रावतको नेतृत्वमा उक्त सडक खण्डको अनुगमन गरिएको हो ।

सिमकोट ग्याग्रु सडकको ठहे गाउँको खण्डमा निर्माणका क्रममा घरहरु जोखिममा परेको भन्ने खवर प्राप्त भए पछि उक्त घरहरु के, कति र कसरी जोखिममा रहेका छन भन्ने बारेमा वुधबार विहान सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामा,  उपाध्यक्ष वलि रावत र प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले अनुगमन गरेका हुन ।

सडक निर्माणका क्रममा सिमकोट गाउँ पालिका वडा नं १ र २ का केही घरहरु जोखिममा रहेकाले ति घरहरुको व्यवस्थापनका लागी सरोकारवाला निकाय संग पहल गर्ने सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामाले बताएको सोही गाउँ पालिका उपाध्यक्ष रावतले बताएका छन् ।

जिल्लाका ७ वटै गाउँ पालिकामा वन्दा वन्दीले विकास निर्माणका कामहरु प्रभावित भएको पाइएको उपाध्यक्ष वलि रावतले बताएका छन् । रावतका अनुसार सोको असर सिमकोट गाउँ पालिकामा पनि परेको रावतले बताएका हुन । जनशक्ति वढी प्रयोग नहुने विकास निर्माणका कामहरु धमाधम भइ रहेको तर जनसक्ति वढि प्रयोग हुने विकासे कामहरु वढी प्रभावित भएको रावतले बताएका छन् ।

उपाध्यक्ष रावतका अनुसार जनसक्ति वढी प्रयोग हुने विकास निर्माणका काम गर्दा सरकारले गरेको वन्दा वन्दीको उल्ङघन भई विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस फैलिने भएकाले त्यस्ता विकास निर्माणका कामहरु प्रभावित भएको पाइएको छ । जनशक्ति कम प्रयोग हुने डोजरबाट संचालन हुने विकासका कामहरु दुरी कायम गरि भइ रहेको उपाध्यक्ष रावतले बताएका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९