दाने बोहरा बुधबार, जेठ १४, २०७७ मा प्रकाशित

हुम्ला

उच्च हिमाली जिल्ला हुम्लाका नागरीकले क्वारेन्टाइनमा बसेको समयमा पिसिआर परीक्षण नहुँदा दुई देखि तीन घण्टाको पैदल पिहडेर परीक्षण गर्न बाध्य भएका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस परीक्षण गर्नका १४ दिन सम्म क्वारेन्टाइनमा बसेका नागरीक दुई घण्टाको पैदल हिडेर सदरमुकाम सिमकोटमा कोरोना भएनभएको परिक्षण गर्न आउनु पर्ने बाध्यता रहेको छ ।

गाउँमा निर्वाचीत जनप्रतिनिधिहरुले क्वारेन्टाइन बस्दाको समय सम्ममा क्वारेन्टाइन अुनसारको मापदण्ड अनुसार काम गर्न नसक्दा उनीहरु क्वारेन्टाइन छोडेर पिसिआर परीक्षण गर्न सदरमुकाम धाउनु पर्ने बाध्यता रहेको छ ।

सिमकोट गाउँपालिका वडा दुई अन्तरगत ठेहेमा रहेको क्वारेन्टाइनमा बसेका नागरीकलाई क्वारेन्टाइन स्थलमा पिसिआर विधिबाट परिक्षण नहुँदा कोरोना परिक्षणका लागी जिल्ला अस्पताल सिमकोटमा धाउनु पर्ने बाध्यता रहेको छ । जिल्ला बाहिरबाट आएर गाउँमा बनाईएको अव्यवस्थीत रहेको क्वारेन्टाइनमा बसेपनि गाउँमै पिसिआर परिक्षण नहुँदा दुई घण्टाको पैदल हिडेर सिमकोट पुगी कोरोना परीक्षण गर्नु परेको गणेश बोहराले बताए ।

बोहराका अनुसार आफु १४ दिन कालिकोटमा क्वारेन्टाइन बसेको र त्यहि पनि नेपाल सरकारको नियमलाई पालना गर्दै गाउँमा रहेको क्वारेन्टाइनमा बसेको भएपनि वडा दुई कार्यालय ठेहेले क्वारेन्टाइन मापदण्ड अनुसार काम गर्न नसक्दा आफु सिमकोटमा रहेको जिल्ला अस्पतालमा आएर परीक्षण गरेको उनको भनाई रहेको छ ।

उनले भने, गाउँमा आफु भन्दा पहिला क्वारेन्टाइनमा बसेकाहरुलाई उनीहरुको रिर्पोट नआउदै वडाले धमाधम घर पठाउने गरेको हो । गाउँमा रहेको रामदेव विद्यालयमा वडा दुई कार्यालय ठेहेले क्वारेन्टाइन बनाए पनि अव्यवस्थति रहेको बोहराले बताउनुभयो । शौच गर्नको लागी शौचालय व्यवस्थित नभएको, पानी खानाको लागी धारामा पानिको राम्रो व्यवस्था नभएको अरु व्यवस्था त के नै हुन सक्छ उनले रेडियो कर्णाली आवाजको भेटमा गुनासो गरेका छन् ।

उता वडा दुईका अध्यक्ष नर बहादुर भण्डारीलाई यसको विषयमा बुझन खोज्दा फोन उठेन ।

सम्बन्धित

ताजा अपडेट
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न
सि.डि.सि.नेपालको आयोजनमा क्षमता अभिवृद्धि तालिम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९