राज शाही बुधबार, जेठ १४, २०७७ मा प्रकाशित

हुम्ला

बन्दाबन्दीले नेपालगंज र सुर्खेतमा अलपत्र परेका माथिल्लो हुम्लाका नागरिकहरुको उद्धार अघि अनिवार्य पीसीर परीक्षणको व्यवस्थापन गर्न जिल्ला बिपद ब्यबस्थापन समितिले माग गरेको छ।

हालसम्म हुम्ला जिल्ला कोरोनाबाट मुक्त रहेको बेला जिल्ला बाहिरबाट अपपत्र नागरिकको उद्धार गर्दा कोरोना संक्रमणको परिक्षण गरि जिल्लालाई सुरक्षित राख्न यस्तो माग गरिएको हो ।

साढे दुई सय भन्दा बढी नागरिकहरु नेपालगंज र त्यति नै सर्खेतमा अलपत्र परेको खबर बाहिरिएपछि उनीहरुको उद्धार माग भै रहेको बेला समितिको मंगलबार बसेको बैठकले कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रालयबाट अनिबार्य रुपमा उद्धार गर्ने नागरिकको पिसिआर परिक्षणको ब्यबस्था गर्न माग गरेको हो।

समितिले परिक्षण बिना नागरिकहरुलाई जिल्ला नभित्र्याउन पनि आग्रह गरेको छ। हालसम्म कोरोना मुक्त जिल्ला भएको र यसलाई बचाई राख्न पनि जिल्लाबाट माग आउने गरेको छ । पिसिआर परीक्षण गरि जिल्लामा भित्रिने नागरिकहरुको क्वारेन्टिनको ब्यबस्था गर्न क्वारेन्टिन ब्यबस्था समिति पनि गठन गरिने छ।

समितिमा स्वयम सेबक, क्वारेन्टिनमा रहने ब्यक्ति, जनप्रतिनिधि, स्वास्थ्यकर्मी रहने र त्यसको सुरक्षा प्रहरी गर्नु पर्नेछ । उद्धार गरिएका ब्यक्तिहरु क्वारेन्टिनमा बस्नका लागि आचार संहिता निर्माण गरि पालनाको ब्यबस्था गर्ने निर्णय समितिले गरेको छ। कोरोना सक्रमण बिरुद्धको सर्तकताका लागि यस्तो बिधि अपनाइएको हो।

कोरोना संक्रमण परिक्षणको प्रमाण पेश गरेका ब्यक्तिहरुलाई मात्र हवाई यात्राका लागि गृहमन्त्रालयलाई अनुरोध गरिनेछ। काठमाडौंमा रहेका सयौ हुम्लाबासीले उद्धारको माग गरेपनि त्यसका लागि समिति भने मौन बसेको छ। समितिको बैठक प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईको अध्यक्षतमा बसेको थियो।

सम्बन्धित

ताजा अपडेट
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न
सि.डि.सि.नेपालको आयोजनमा क्षमता अभिवृद्धि तालिम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९