दाने बोहरा मंगलबार, जेठ १३, २०७७ मा प्रकाशित

हुम्ला
सिमकोटमा सञ्चालित न्युभिजन चर्चले बन्दाबन्दी (लकडाउन) को समयमा निम्न आय स्रोत भएका ३० घरधुरीलाई खाद्ययन्न सहयोग गरेको छ ।

दैनिक काम गरेर खानेलाई बन्दाबन्दीमा काम गर्न नपाउँदा आर्थिक अभावसँगै घरमा खाद्यान्न अभाव भएकाहरुलाई प्रतिव्यक्ति १५ केजी चामल, एक लिटर तेल, एक केजी चिनी, एक सावुन र एक पोका चियापत्ती सहयोग गरेको बताइएको छ ।

सिमकोटमा सञ्चालीत न्युभिजन चर्चले सिमकोट गाउँपालिका वडा एकमा रहेका ३० घरधुरीलाई राहत सामाग्री प्रदान गरिएको छ ।

नेपाल सरकारले लकडाउनलाई थप्दै गएपछि उक्त चर्चले अशक्त, एकल महिला, दलित लगायतलाई खाद्ययन्न वितरण गरीएको न्युभिजन चर्चका हरि बहादुर ऐडिले जानकारी दिए ।

वडा एक अन्तरगतका ३० घरधुरीलाई खार्पुदोभानमा पुगेर न्युभिजन चर्च सिमकोटका पास्टर हर्क तामाङ्गको हातबाट खाद्ययन्न सहयोग गरीएको ऐडिले बताए ।

आजै प्रति घरलाई न्युभिजन चर्चले एक घरलाई १५ केजीका दरले चामल सहयोग गरेपछि स्थानीय खुसि भएका छन् । यस्ता सामाग्री एक महिला, शारीरिक रूपमा अशक्त, परिवारलाई राहत प्रदान गरिएको ऐडिले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९