राज शाही बिहिबार, पौष ०७, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

स्थानिय रैथाने वाली लोप हुँदै गएको वेला यसको संरक्षण र प्रवधनका लागी तालिम संचालन भएको छ । हिमाली जिल्ला हम्लामा यो पछिल्लो समय यहाँका रैथाने वाली काउनो, चिनो, मार्से, गहद जस्ता पौष्टिक आहारा वर्दक अनवाली लोप हुन थाले पछि यसको संरक्षण र उत्पादनमा वृद्धिका लागी ३ दिने तालिम संचालन गरीएको हो । रैथानेवालीलाई जोगाइ राख्नका लागी हुम्ला जिल्लाका ७ वटा गाउँपालिका मध्य केही गाउँपालिकाले आफ्नो बार्षिक कार्ययोजनामै संरक्षण तथा प्रवधनको कार्यक्रम राखी तालिम दिन थालेका छन् ।

हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र २ को नाम्खा गाउँपालिकाले सोही गाउँपालिका वडा नं ३ खंगालगाउँमा स्वीकृत बार्षिक कार्यक्रम अनुसार रैथाने वालि संरक्षण सम्बन्धित ३ दिने तालिम संचालन गरेको छ । उक्त तालिममा नाम्खा गाउँपालिकाका ८७ जना कृषकहरुको सहभागीता रहेको नाम्खा कृषि शाखा प्रमुख सर्मिला शाहीले बताएकी छन् । शाहीका अनुसार उक्त तालिममा महिला ८४ जना र पुरुष ३ जना गरी ८७ जनाको सहभागिता रहेको बताएकी छन् ।

त्यसै गरी कृषि क्षेत्रमा महिलाको प्रत्यक्ष सहभागिता रहने भएकाले उक्त तालिममा महिलाको वढी सहभागिता गराइएको र सो तालिमले कृषकहरुमा स्थानिय रैथाने वाली संरक्षण गर्नमा उत्साहित हुने नाम्खा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मोहनबहादुर शाहीले बताएका छन् ।

गाउँपालिका अन्तरगतको वडा कार्यालयको भवन उत्घाटन गरिएको छ । उत्घाटन नाम्खा गाउँपालिका वडा नं ४ को वडा कार्यालय भवन उत्घाटन गरिएको हो । नाम्खा गाउँपालिकाको आर्थिक सहयोगमा उक्त वडाको एक तले ६ कोठे भवन निर्माण कार्य सम्पन्न भए पश्चायत पौष ७ गते विहिवार उत्घाटन गरिएको हो ।

सो भवनको उत्घटान सोही गाउँपालिका उपाध्यक्ष तक्दिर लामाले एक कार्यक्रमका बीच उत्घाटन गरिएको जानकारी प्राप्त भएको छ । उक्त भवनको उत्घाटन भइ कार्यलय संचालनमा आय संगै सेवा ग्राहीलाई सेवा प्रवाह गर्न सहज हुने नाम्खा गाउँपालिका प्रमुख प्रशाकिय अधिकृत मोहनबहादुर शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह
घरपालुवा पशुलाइ जंगली जनावर भालुले क्षेती पुर्याय क्षेतीपुर्ती पाउने
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९