राज शाही मंगलबार, जेठ १३, २०७७ मा प्रकाशित

 

हुम्ला

कोरोना संक्रमण बिरुद्ध अग्र स्थानमा लड्ने जिल्लाका स्वास्थ्यकर्मीहरु मध्य न्यून अनुपातमा कोरोना संक्रमणको परिक्षण गराउने संख्या देखिएको छ । कोरोना संक्रमण परिक्षणका उपकरणहरुको अभाबमा इच्छा भएर पनि जिल्लाका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गर्न नसकेका हुन ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले जिल्लामा कार्यरत कुल स्वास्थ्यकर्मी मध्य हालसम्म जम्मा १ सय २५ जनाले मात्र कोरोना संक्रमणको परिक्षण गरेको बताए । यसमा स्वास्थ्य सेवा कार्यालयका ३४ जना, नाम्खा गाउँपालिका १३ जना , सिमकोट गाउँपालिकाका १६ जना, सर्केगार्डका ४१ जना र ताँजाकोट गाउँपालिकाका २१ जनाको मात्र परिक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाहरुले जनाएका छन् । यो संख्या जिल्लामा कार्यरत स्वास्थ्यकर्मी मध्य ३४ दशमलव ७३ प्रतिशतले मात्र कोरोना संक्रमण परिक्षण गरेको देखिन्छ । सात वटा गाउँपालिका र स्वास्थ्य सेवा कार्यालय गरि ३६० जना चिकीत्सक तथा स्वास्थ्यकर्मी कार्यरत रहदै आएका छन्  ।

दुर्गमका दुई वटा गाउँपालिका चंखेली  र अदानचुलीमा स्वास्थ्यकर्मीको परिक्षण भए नभएको जानकारी प्राप्त हुन सकेको छैन । यसरी कोरोना बिरुद्ध अग्रपङ्तिमा उभिने स्वास्थ्यकर्मीको स्वास्थ्य परिक्षण हुन नसक्नुको मुख्य कारण किट अभाब भएको सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दान बहादुर बोहराले बताउदै स्वास्थ्य परिक्षण गराउने चाहाना सबैमा छ, तर किट अभाबले त्यो पुरा हुन नसकेको उनले बताएका छन । अहिले जिल्लामा आरडिटी किट र स्वाब संकलन किटको अभाब रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न
सि.डि.सि.नेपालको आयोजनमा क्षमता अभिवृद्धि तालिम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९