Mansarowar Times सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

काठमाण्डौ –

भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक बनाएकोप्रति नेपाल सरकारले आपत्ति जनाएको छ ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर यसबारेमा कुटनीतिक नोट दिनुभएको मन्त्रालयले जनाएको छ । 

नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेकोप्रति नेपाल सरकारले यसअघि नै विज्ञप्ति निकालेर आपत्ति जनाउँदै तत्काल वार्ताबाट समस्याको समाधान खोज्न आग्रह गरिसकेको छ । तर भारतले भने सडक निर्माण गरेको भूमि भारतकै रहेको दावी गर्दैै कोरोना संक्रमणपछि वार्ता गर्न तयार रहेको धारणा सार्वजनिक गरेको छ ।

सडक बनाएर भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि नेपालभित्र त्यसको चौतर्फी विरोध भइरहेको छ ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९