नन्द सिंह शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला,
सर्केगाड गाउँपालिका– १ को जैर स्थित सरस्वती माध्यामिक विद्यालयको चार कोठा माथीको टिनको छानो जेठ १० गते लागेको हावा हुरीले उडाएको छ । सोही दिनको बेलुका ४ वजेको समयमा बंगालको खााडीबाट फैलिएर आएको बायु प्रदुशणले गर्दा सो विद्यालयको टिनको छानो उडाएको सोही गाउँपालिका–१ जैरका वडाध्यक्ष गोकुल बुढाले जानकारी गराए ।

हाल सो विद्यालयलाई जिल्ला बाहिरबाट आएका व्यक्तिहरुलाई बस्ने क्वारेन्टाइन स्थल बनाइएको थियो । टिनको छानो उडेका कोठाहरु मध्ये तीन वटा क्वारेन्टाइन वार्ड रहेका थिए भने एक वटा सो विद्यालयको अफिस रहेको जानकारी आएको छ ।

हाल सो क्वारेन्टाइन भवन तथा विद्यालयमा जिल्ला बाहिरबाट आएका कुनै पनि व्यक्तिहरु छैनन् सो भवनमा बसेका व्यक्तिहरुको १४ दिनको अभदि सकिएर घर पठाई सकिएको भए पनि नेपाल सरकारले नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका करीव ३ सय हुम्लीहरुलाई केही दिनपछि उद्धार गर्ने भनेको छ त्यस वेला भने उनिहरुलाई बस्नलाई समस्या हुने प्रत्यक्ष देखिएको छ ।

सो ठाउँमा क्वारेन्टाइन स्थल बनाउँने अन्य कुनै पनि भवन नभएको हुँदा यसपछि समस्या हुने देखिएको वडाध्यक्ष बुढाको भनाई छ । सोही दिन हावाले छानो उडाएपछि सो विद्यालयको अफिसमा रहेका सम्पुर्ण सामग्रीहरु चोरी हुन सक्ने सम्भावना रहेको अध्यक्ष बुढाले बताए ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९