नन्द सिंह शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

हुम्ला,
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा जेठ ८ गतेबाट हुम्लाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एयरलाइन्स, बैंक र संञ्चारकर्मी लगायतका व्यक्तिहरुको पिसिआर परिक्षण सुरु गरेको छ ।
जिल्लामा रहेका क्वारेन्टाइन स्थलहरुमा अनुगमन तथा त्याँहाका समस्याहरुको बारेमा बुझ्नका लागि लगातार खटि रहनु पर्ने भएको हुँदा सो मन्त्रालयले तुरुन्तै उनिहरुको पिसिआर परिक्षण गराउँने भन्ने निर्णय गरे अनुसार हुम्लाको जिल्ला स्वास्थ्य सेवा कार्यालयले पिसिआर परिक्षण गरि रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका ल्याप टेक्निसियन भक्ति फडेराले बताए ।
जिल्लामा कृयाशिल भएर काम गर्ने करीव १३ जना पत्रकार भए पनि हाल ८ जनाकोमात्र चेक जाँच भएको छ । त्यस्तै ४८ जना स्वास्थ्यकर्मी, ४९ जना सुरक्षाकर्मी, २४ जना एयरलाइन्समा काम गर्ने, पाँच जना सिटिजन्स बैँकका कर्मचारी, दुई जना जनप्रतिनिधि र अन्य १३ जना होम क्वारेन्टाइनमा बसेका गरेर जम्मा १ सय ४८ जना व्यक्तिहरुको स्वाव संकलन गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको स्रोतले जनाएको छ ।
बाँकी जिल्लामा रहेका कृयाशिल पत्रकार, जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको स्वाव संकलनका लागि केही दिन लाग्ने सो कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए । सोही दिन पिसिआर चेक जाँच गरिएका कर्मचारीहरुको स्वावलाई जेठ ९ गते कर्णाली प्रदेशको सुर्खेतमा पठाइएको छ भने सोको रिर्पोट जेठ १० गतेसम्म आई सक्नु पर्ने ल्याप टेक्निसियन फडेराको भनाई छ ।
हुम्लाका सातवटै गाउँपालिकमा १ हजार ६० पिसिआर किट आएको मध्ये ८ सय ३७ जनाको परिक्षण भएर २ सय २३ पिसिआर किट परिक्षण गर्न बाँकी रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको श्रोतले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न
सि.डि.सि.नेपालको आयोजनमा क्षमता अभिवृद्धि तालिम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९