दाने बोहरा शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला
कर्णाली नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । खार्पुनाथ गाउँपालिका वडा ४ छिप्रा घरभएका ९ वषिर्य धनराज बोहरा साथीहरुसँग रमाईलो गर्न जादा बेपत्ता भएका हुन् ।

साथहिरु सँग रमाईलो गर्न दोवाडी भन्ने क्षेत्रमा रहेको खार्पु दोभानको कर्णाली नदीमा नुहाउन गएका वेला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिनुभयो ।

आज विहान नदीमा बेपत्ता भएका बोहरा बालकको खोजी कार्य गर्न सुरक्षाकर्मी र गाउँका स्थानीय सबै मिलेर बाक्लो परीचालन गरेको भए पनि भेटाउन नसकेको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले बताउनुभयो । बेपत्ता बालकको खोजी कार्य चलिरहेको र अहिले कर्णाली नदी नजिक रहेका प्रहरी चौकीबाट प्रहरी परीचालन गरिएको छ ।

बेपत्ता बालकको खोजी कार्र्य तीव्र चलिरहेको भए पनि भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । बालकको कसरी कर्णाली नदीमा बेपत्ता भएको यसको पनि अनुसन्धान भइरहेको छ ।

बेपत्ता बालकको खोजी कार्य जारिरहेको र अहिले सम्म अवस्था पत्ता नलागेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले खोजकार्य जारी राखेको बेपत्ता बालकका आफन्तले बताएका छन् ।

खार्पुनाथ प्रहरी चौकी, सर्केगाड प्रहरी चौकी, श्रीनगर, मैला, र कवाडी प्रहरी चौकीबाट कर्णाली नदी तिर क्षेत्रमा बालकको खोजीका लागी प्रहरी परीचालन गरीएको छ । कक्षा ४ मा सिता माध्यामिक विद्यालयमा अध्यायनरत रहेका थिए ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९