राज शाही बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित

हुम्ला

हुम्लाका ५ वटा गाउँपालिकाबाट संकलन गरेर जुम्ला लगिएका स्वाबको पिसिआर प्रबिधिबाट कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ। भौगोलिक बिकटताले दुर्गमका गाउँपालिका केन्द्रमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको टोलीले गत मंलगबार हेलिकोप्टरबाट ती स्वाब संकलन गरेर जुम्ला लगेको थियो।

हुम्लाबाट जुम्ला लगिएका ४ सय १० वटा स्वाबको प्रतिष्ठानमा कोरोना संक्रमणको पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले बताए। जुम्ला लगिएका स्वाबको रिपोर्ट नेगेटिभ आएपछि हुम्लामा त्रास मात्र हटेको छैन सबैमा खुसीयाली छाएको स्थानीयले बताएका छन् ।

यसअघि प्रतिष्ठानबाट खटिएको चिकीत्सक सहितको टोलीले संकलन गरेका सबै स्वाब जुम्ला पुगेका थिए। प्रतिष्ठानले हुम्लाका पाँच वटा गाउँपालिका मध्य चंखेलीबाट ९९, सर्केगार्डबाट ८०, नाम्खाबाट ४१, अदानुचलीबाट १ सय र ताँजाकोटबाट ९९ जनाको स्वाब लिएको हो।संकलित ती स्वाब लिन सबै गाउँपालिका केन्द्रमा हेलिकोप्टर पुगेको थियो।

संकलित स्वाबहरु लिन प्रतिष्ठानमा निर्देशक डां मंगल रावलको टोली आएको थियो। यसअघि सिमकोट र खार्पुनाथ गाउँपालिकामा स्थापना भएका विभिन्‍न क्वारेन्टिनबाट हवाई जहाजबाट प्रादेशिक अस्पताल सुर्खेतमा लगिएका २ सय २६ वटा स्वाबको रिपोर्ट पनि नेगेटिभ आइसकेको थियो।

सम्बन्धित

ताजा अपडेट
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग
डिजिटल सुरक्षा सम्बन्धि १ दिने कार्याशाला गाेष्ठी”  संचालन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९