राज शाही बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित

हुम्ला

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादर सिंहले क्वारेन्टाइनमा रहँदै आएका व्यक्तिमध्ये २२६ जनाको सङ्कलन गरिएका स्वाब पिसिआर परीक्षणका लागि सुर्खेत पठाईएकोमा रिपोर्ट नेगेटिभ आएको बताएका छन् । यी स्वाब आधादेखि पाँच घण्टासम्म पैदल लाग्ने क्लारेन्टाइनमा रहेका व्यक्तिहरूको सङ्कलन गरी सिमकोट पुगे लगत्तै हवाईजहाजबाट सुर्खेत पठाइएका हुन् । प्रमुख सिंहले सुर्खेतमा पनि पिसिआर परिक्षणको निकै चाप भएका कारण रिपोर्ट आउन केही समय लागेको बताएका छन । हुम्लाबाट कोरोना भारइरसको पिसिआर विधिबाट परीक्षणका लागि प्रादेशिक अस्पताल, सुर्खेत पठाइएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न क्वारेन्टाइनमा रहँदै आएका व्यक्तिहरूको स्वाब सङ्कलन गरी हवाईजहाजबाट सुर्खेत पठाइएको हो । स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गर्न सुर्खेत पठाएको भएपनि व्यक्तिहरू भने परीक्षण रिपोर्टको नतिजा नआउँदै घरघरमा पठाइएका थिए । घर पठाई होम क्वारेन्टाईनमा रहँदै आएका सबैको रिपोर्ट नेगेटिभ आएपछि अब सन्तोष मिलेको सिमकोट गाउँपालिका वडा नम्बर २ का अध्यक्ष नरबहादुर भण्डारीले बताएका छन । त्यसैगरी १३९ जनाको आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको प्रमुख सिंहले बताएका छन । १३ वटा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आउँदा हुम्लामा खुसीयाली छाएको छ । उनीहरु सबै घर फिर्ता भएका छन् । यस अघि सङ्कलन गरी सुर्खेत पठाइएका ११ वटा स्वाबको रिपोर्ट भने नेगेटिभ आएको थियो । उनीहरु सबै काठमाडौँ, नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्गबाट गत वैशाख २० र २१ गते उद्धार गरिएका हुन् । यसअघि पठाएका ११ स्वाबको रिपोर्ट पहिले नै नेगेटिभ आएको थियो ।

सम्बन्धित

ताजा अपडेट
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न
सि.डि.सि.नेपालको आयोजनमा क्षमता अभिवृद्धि तालिम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९