राज शाही बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादर सिंहले क्वारेन्टाइनमा रहँदै आएका व्यक्तिमध्ये २२६ जनाको सङ्कलन गरिएका स्वाब पिसिआर परीक्षणका लागि सुर्खेत पठाईएकोमा रिपोर्ट नेगेटिभ आएको बताएका छन् । यी स्वाब आधादेखि पाँच घण्टासम्म पैदल लाग्ने क्लारेन्टाइनमा रहेका व्यक्तिहरूको सङ्कलन गरी सिमकोट पुगे लगत्तै हवाईजहाजबाट सुर्खेत पठाइएका हुन् । प्रमुख सिंहले सुर्खेतमा पनि पिसिआर परिक्षणको निकै चाप भएका कारण रिपोर्ट आउन केही समय लागेको बताएका छन । हुम्लाबाट कोरोना भारइरसको पिसिआर विधिबाट परीक्षणका लागि प्रादेशिक अस्पताल, सुर्खेत पठाइएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न क्वारेन्टाइनमा रहँदै आएका व्यक्तिहरूको स्वाब सङ्कलन गरी हवाईजहाजबाट सुर्खेत पठाइएको हो । स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गर्न सुर्खेत पठाएको भएपनि व्यक्तिहरू भने परीक्षण रिपोर्टको नतिजा नआउँदै घरघरमा पठाइएका थिए । घर पठाई होम क्वारेन्टाईनमा रहँदै आएका सबैको रिपोर्ट नेगेटिभ आएपछि अब सन्तोष मिलेको सिमकोट गाउँपालिका वडा नम्बर २ का अध्यक्ष नरबहादुर भण्डारीले बताएका छन । त्यसैगरी १३९ जनाको आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको प्रमुख सिंहले बताएका छन । १३ वटा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आउँदा हुम्लामा खुसीयाली छाएको छ । उनीहरु सबै घर फिर्ता भएका छन् । यस अघि सङ्कलन गरी सुर्खेत पठाइएका ११ वटा स्वाबको रिपोर्ट भने नेगेटिभ आएको थियो । उनीहरु सबै काठमाडौँ, नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्गबाट गत वैशाख २० र २१ गते उद्धार गरिएका हुन् । यसअघि पठाएका ११ स्वाबको रिपोर्ट पहिले नै नेगेटिभ आएको थियो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९