दाने बोहरा मंगलबार, जेठ ०६, २०७७ मा प्रकाशित

हुम्ला
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाबाट ४१ जनाको स्वाव संकलन हेलिकप्टरबाट जुमला लगीएको छ ।

माननिय सांसद छक्क बहादुर लामा र कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलको पहलमा नाम्खा गाउँपालिकाबाट ४१ जनाको स्वाव संकलन गरी थप परीक्षणका लागी कर्णाली विज्ञान प्रतिष्ठान जुम्लामा हेलिकप्टरमार्फत पठाइएको छ । सांसद लामा मन्त्री रावलको पहलमा आजै हेलिकप्टर जिल्ला आइपुगेर स्वाव लिएर परीक्षणका लागी जुम्ला पठाइएको छ ।

वडा पाँच यारीबाट ३३ जना र वडा चार याल्वाङ्गबाट ८ जना गरेर ४१ जनाको स्वाव संकलन गरेर जुम्ला पठाएको हो । आजै संकलन गरीएका १४ जना महिला र २७ जना पुरुष रहेका छन् ।

सम्बन्धित क्वारेन्टाइनमा बसेकाहरुको आडिटी किटबाट परीक्षण गर्दा किटले राम्रो काम नगरेपछि आजै प्रदेश सरकारले हेलिकप्टर पठाएर नाम्खा गाउँपालिकाबाट स्वाव संकलन गरी कर्णाली विज्ञान प्रतिष्ठान जुम्ला पठाए पालिका स्वास्थ्य संयोजक नर भण्डारीले बताउनुभयो ।

आजै स्वाव संकलनका नाम्खामा लागी कर्णाली विज्ञान प्रतिष्ठानबाट टाक्टर मंगल रावल, रजिष्टार विश्वराज काफ्ले र सामाजिक विकास मन्त्रालयबाट लक्ष्मि नारायण तीवारीको टोली हुम्ला पुगेको थियो । हेलिकप्टरले सिधै नाम्खा गाउँपालिकाको याल्वाङ्गमा टेकअप गरी जुम्ला फिर्ता भएको हो ।

संकलन गरी जुम्ला पठाएका सबै नागरीक वैशाख १८ गते यता देखि जिल्ला बाहिर काठमाण्डौ, सुर्खेत र नेपालगञ्ज हुँदै हुम्ला आईपुगेका स्वास्थ्य संयोजक भण्डारीले बताउनुभयो । आजै पठाएको ४१ जनाको रिर्पोट विहिबार आउने भएको छ ।

त्यो भन्दा पहिला क्वारेइनटाइनमा वस्दै आएका ८९ जना घर फिर्ता भएको उनले बताउनुभयो ।

यस्तै जिल्लाको दक्षिण क्षेत्रमा रहेका चारवटा गाउँपालिका सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुली गाउँपालिकाबाट एक एक सय स्वाव गरेर चार सय जनाको संकलन गरी परीक्षणका लागी हेलिकप्टरबाट जुम्ला लगिएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले बताएको छ ।

सम्बन्धित

ताजा अपडेट
नेकपा एमालेले पार्टी जागरण, प्रशिक्षण तथा शुभकामना आदान प्रर्दान
यारी नाका भन्सार कार्यालयले १६ लाख ६५ हजार राजस्व असुली
बालबालिकालाई उद्धार गरी पारिवारिक पुनर्मिलन र कानूनी व्यवस्था

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९