काली बहादुर थापा सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला
हुम्लाको तल्लो क्षेत्रमा रहेका चारवटा गाउँपालिकाबाट कोरोना संक्रमण पत्ता लगाउनका लागी चार सय जनाको स्वाव संकलन गरीने भएको छ ।

मंगलबार देखि तिल्लाको तल्लो सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुली गाउँपालिका गरी यि चारवटा गाउँपालिकाबाट प्रत्येक पालिकामा एक सय जनाको गरेर चार सय जनाको स्वाव संकलन गरीने भएको हो ।

कर्णाली प्रदेश सरकारले हुम्ला जिल्लाको सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिका बाहेक अरु ४ वटा गाउँपालिकामा मंगलबार स्वाव संकलन गर्न लागेको छ ।

प्रत्येक गाउँपालिकाबाट संकलन गरीएको स्वाव मंगलबार नै स्वाब हेलीकप्टरबाट कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाउने तयारी भैरहेको छ ।

स्वाव संकलन गरीने चारवटा गाउँपालिकाका प्रतयेक व्यक्तिहरुको नाम छनोट भइसकेको र भोली विहान सम्बन्धित गाउँपालिकामा रहेका स्वास्थ्यचौकीबाट मंगलबार विहान आठ बजेदेखि स्वाव संकलन गरीने भएको हो ।

भोली बिहान ८ बजे अनिवार्य माक्स लगाएर आए मात्र स्वाब संकलन गरीने भएको अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले बताए ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९