काली बहादुर थापा सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला
हुम्लाको तल्लो क्षेत्रमा रहेका चारवटा गाउँपालिकाबाट कोरोना संक्रमण पत्ता लगाउनका लागी चार सय जनाको स्वाव संकलन गरीने भएको छ ।

मंगलबार देखि तिल्लाको तल्लो सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुली गाउँपालिका गरी यि चारवटा गाउँपालिकाबाट प्रत्येक पालिकामा एक सय जनाको गरेर चार सय जनाको स्वाव संकलन गरीने भएको हो ।

कर्णाली प्रदेश सरकारले हुम्ला जिल्लाको सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिका बाहेक अरु ४ वटा गाउँपालिकामा मंगलबार स्वाव संकलन गर्न लागेको छ ।

प्रत्येक गाउँपालिकाबाट संकलन गरीएको स्वाव मंगलबार नै स्वाब हेलीकप्टरबाट कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाउने तयारी भैरहेको छ ।

स्वाव संकलन गरीने चारवटा गाउँपालिकाका प्रतयेक व्यक्तिहरुको नाम छनोट भइसकेको र भोली विहान सम्बन्धित गाउँपालिकामा रहेका स्वास्थ्यचौकीबाट मंगलबार विहान आठ बजेदेखि स्वाव संकलन गरीने भएको हो ।

भोली बिहान ८ बजे अनिवार्य माक्स लगाएर आए मात्र स्वाब संकलन गरीने भएको अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले बताए ।

सम्बन्धित

ताजा अपडेट
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९