राज शाही सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

 

हुम्लाः भारतमा रेल सेवा खुलेपछि भारतबाट आएका नागरिकहरुलाई स्वास्थ्य परीक्षण बिना नै गाउँ गाउँमा जान थालेका छन् । भारतबाट फर्कर्नेहरु उनीहरुले स्वास्थ्य परीक्षण बिना नै गाउँगाउँमा जान थालेका छन् ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार कर्णाली प्रदेशमा आइतबार र सोमबार बिहानसम्मको अवधिमा करिव पाँच सय नागरिकहरु स्वास्थ्य परीक्षण विनै गाउँ पुगेका छन् ।

सोमबार बिहान मात्र कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका ४९ जनालाई प्रदेश सरकारले स्वास्थ्य परीक्षणविनै बसमा राखेर गाउँ पठाइएको छ । सुर्खेतमा ३६, दैलेखका आठ, रुकुमका तीन, सल्यानका एक र कालिकोटका एक जनालाई गाउँमा पठाइएको हो ।

अहिलेसम्म कोरोना संक्रमण नदेखिएको कर्णालीमा सरकारले भारतबाट आएका नागरिकहरुलाई परीक्षणविनै गाउँ पठाउन थालेपछि संक्रमणको खतरा स्थानीयले बताएका छन् ।

सुर्खेतमा ४ सय वेडको क्वारेन्टाइन हुँदाहुदै भारतबाट आएकालाई सिधै गाउँमा पठाउँदा कोरोनाको जोखिम बढेको स्थानीयहरुले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९