राज शाही सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

 

हुम्लाः भारतमा रेल सेवा खुलेपछि भारतबाट आएका नागरिकहरुलाई स्वास्थ्य परीक्षण बिना नै गाउँ गाउँमा जान थालेका छन् । भारतबाट फर्कर्नेहरु उनीहरुले स्वास्थ्य परीक्षण बिना नै गाउँगाउँमा जान थालेका छन् ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार कर्णाली प्रदेशमा आइतबार र सोमबार बिहानसम्मको अवधिमा करिव पाँच सय नागरिकहरु स्वास्थ्य परीक्षण विनै गाउँ पुगेका छन् ।

सोमबार बिहान मात्र कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका ४९ जनालाई प्रदेश सरकारले स्वास्थ्य परीक्षणविनै बसमा राखेर गाउँ पठाइएको छ । सुर्खेतमा ३६, दैलेखका आठ, रुकुमका तीन, सल्यानका एक र कालिकोटका एक जनालाई गाउँमा पठाइएको हो ।

अहिलेसम्म कोरोना संक्रमण नदेखिएको कर्णालीमा सरकारले भारतबाट आएका नागरिकहरुलाई परीक्षणविनै गाउँ पठाउन थालेपछि संक्रमणको खतरा स्थानीयले बताएका छन् ।

सुर्खेतमा ४ सय वेडको क्वारेन्टाइन हुँदाहुदै भारतबाट आएकालाई सिधै गाउँमा पठाउँदा कोरोनाको जोखिम बढेको स्थानीयहरुले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार
झुठ्ठा मुद्दा खारेजीको माग गर्दै हुम्लामा बिरोध प्रदर्शन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९