राज शाही आइतबार, आश्विन १०, २०७८ मा प्रकाशित

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत हुम्लाका ७ वटा स्थानीय तहमा आइतबार सम्म ६ गाउँ– अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट नाम्खा गाउँ पालिकामा सुनमबहादुर लामा, सिमकोट गाउँ पालिकामा धर्मराज रोकाया, खार्पुनाथ गाउँ पालिकामा टक्कबहादुर शाही, अदानचुली गाउँ पालिकामा  विष्णुबहादुर भण्डारी , ताँजाकोट गाउँ पालिकामा कृष्णबहादुर मल्ल र चंखेली गाउँ पालिकामा नर भण्डारीको नेतृत्वमा सर्वसहमत चयन भएका छन् ।

नेपाली कांग्रेसले हुम्लाका ७ स्थानीय तहमध्ये ६ स्थानीय तहमा पालिकास्तरीय समितिको नेतृत्व चयन गरेको छ । नेतृत्व चयनका क्रममा ६ वटै पालिकामा सहमतिमा चयन भएको छ भने १ वटा सर्केगाड गाउँ पालिकामा नेतृत्व चयन हुन सकेको छैन । शनिवार ४ वटा गाउँ अधिवेसन सम्पन्न भएको हो भने आइतबार आज २ वटा अदानचुली र चंखेली गाउँ पालामा गाउँ सभा सम्पन्न भएको हो ।

गाउँ अधिवेसन हुन नसकेको सर्केगाड गाउँ पालिकामा नेतृत्व चयनका लागी सहमती जुटाउने कार्य भइ रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९