राज शाही आइतबार, आश्विन १०, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत हुम्लाका ७ वटा स्थानीय तहमा आइतबार सम्म ६ गाउँ– अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट नाम्खा गाउँ पालिकामा सुनमबहादुर लामा, सिमकोट गाउँ पालिकामा धर्मराज रोकाया, खार्पुनाथ गाउँ पालिकामा टक्कबहादुर शाही, अदानचुली गाउँ पालिकामा  विष्णुबहादुर भण्डारी , ताँजाकोट गाउँ पालिकामा कृष्णबहादुर मल्ल र चंखेली गाउँ पालिकामा नर भण्डारीको नेतृत्वमा सर्वसहमत चयन भएका छन् ।

नेपाली कांग्रेसले हुम्लाका ७ स्थानीय तहमध्ये ६ स्थानीय तहमा पालिकास्तरीय समितिको नेतृत्व चयन गरेको छ । नेतृत्व चयनका क्रममा ६ वटै पालिकामा सहमतिमा चयन भएको छ भने १ वटा सर्केगाड गाउँ पालिकामा नेतृत्व चयन हुन सकेको छैन । शनिवार ४ वटा गाउँ अधिवेसन सम्पन्न भएको हो भने आइतबार आज २ वटा अदानचुली र चंखेली गाउँ पालामा गाउँ सभा सम्पन्न भएको हो ।

गाउँ अधिवेसन हुन नसकेको सर्केगाड गाउँ पालिकामा नेतृत्व चयनका लागी सहमती जुटाउने कार्य भइ रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९