राज शाही बुधबार, भाद्र ०९, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

निमित्तको भरमा संचालन हुदै आएको खार्पुनाथ गाउँ पालिकामा प्रमुख प्रशासकिय अधिकृत हाजिर भएका छन् । हाजिर हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ निवासी विष्णुबहादुर शाही रहेका छन् । शाहीले यस अघि ताँजाकोट गाउँ पालिकाको प्रमुख प्रशासकिय अधिकृत र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पदमा रहि कार्यवार समालि सकेका छन्  ।

लामो अनुभव बटुलेका शाही बुधबार खार्पुनाथ गाउँ पालिकाको प्रमुख प्रशासकिय अधिकृतका रुपमा पदबार समालेका छन्भ   । सघिय मालिला तथा सामान्य प्रसासन मन्त्रालयको मिति २०७८/०४/३१ को निर्णयानुसार आजबाट खार्पुनाथ गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृतको भुमिकामा नियुक्ती भएका हुन ।

यस भुमिकामा रहदा खार्पुनाथ गाउपालिका सरकार र जनताको पुलको रुपमा सघियताको मुल मर्म अनुसार समन्वय ,सहकार्य गर्दै जनताको सेवामा समर्पित हुने खार्पुनाथ गाउँ पालिकाले आशा गरेको सोही गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावलले बताएका छन् ।

खार्पुनाथ गाउपालिकाको बिकास र समृद्धिका लागि स्थानिय सरकारकारका विभिन्न तह र तप्कामा निर्बाचित जनप्रतिनिधीहरु, बुद्धिजिबी, शिक्षाप्रेमी राजनितिक ब्यक्तित्व एब कर्मचारीहरुको सकरात्मक एब रचनात्मक सुझाबको अपेक्षा गरेको शाहीले मानसरोवर टाईम्स साप्ताहिकको  टेलिफोन बार्तालापमा बताएका छन् । मेरो तर्फबाट सकभर सपार्ने, सुधार्ने प्रयास गर्नेछु अहिलेको अबस्था भन्दा तल झर्न दिने छैन भन्ने पनि प्रमुख प्रशासकिय अधिकृत शाहीले प्रतिवद्धता व्यक्त गरेका छन् ।

शाहीले यो जिम्मेवारी दिलाउन सहयोग एब असहयोग गर्ने सघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालय ,शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालयका पधादिकारी देखि खार्पुनाथ गाउपालिकाका जनप्रतिनिधी एब स्थानिय राजनितिक ब्याक्तित्व देखि केन्द्रीय राजनीतिक ब्याक्तित्व तथा माननीय र मन्त्री ज्युहरु सबैलाई अन्तर आत्म देखि हार्दिक आभार ब्यक्त समेत गरेका छन्  ।

सम्बन्धित

ताजा अपडेट
जिल्लाको शान्ति सुरक्षा कायम राख्न पत्रकार र प्रहरी प्रमुख बीच भेटबार्ता
नेत्र ज्योती संघ हुम्लाद्धारा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई सम्मान
चालु आर्थिक वर्षको ७ महिनामा १ लाख ६८ हजार राजश्व असुली

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९