राज शाही आइतबार, जेठ ०४, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्लाःहुम्लाबाट पिसिआर परिक्षणका लागि पठाएका ११ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । थप क्वारेन्टाईनमा रहदै आएकाहरुको स्वाब संकलन गरेर  सुर्खेत पठाइएको छ । प्रादेशिक अस्पताल सुर्खेतमा पिसिआर परिक्षणका लागि संकलित स्वाब हवाई जहाजबाट सुर्खेत पठाईएको हो ।  क्वारेन्टिनमा रहदै आएका ब्यक्ति मध्य २ सय २६ जनाको शनिबार संकलन गरिएका स्वाबहरु आईतबार पिसिआर परिक्षणका लागि सुर्खेत पठाईएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादर सिंहले बताए । यी स्वाबहरु  आधा देखि पाँच घण्टासम्म पैदल  लाग्ने क्लारेन्टिनमा रहेका ब्यक्तिहरुको संकलन गरि सिमकोट पुगे लगत्तै सुर्खेत पठाईएका हुन । स्वाब संकलन गरि पिसिआर परिक्षण गर्न सुर्खेत पठाएको भएपनि ब्यक्तिहरु भने परिक्षण रिपोर्टको नतिजा नआउदै घरघरमा पठाइएको भन्दै बिरोध सुरु भएको छ । तर यसरी क्वारेन्टिनबाट घर पठाईएको ब्यक्तिहरुलाई घरमै होम क्वारेन्टिनमा रहने गरि पठाईएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक दान बहादुर बोहराले बताए । त्यसैगरि १ सय ३९ जनाको आरडिटी परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको प्रमुख सिंहले बताए । उनीहरु सबै घर फिर्ता हुनु भएका छन् । यसअघि जेठ २ गते संकलन गरि सुर्खेत पठाईएका ११ वटा स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु सबै काठमाडौं, नेपालगंज र सुर्खेतबाट हवाई मार्गबाट उद्धार गरिएका हुन ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९