राज शाही सोमबार, साउन २५, २०७८ मा प्रकाशित

जिल्ला फुटवल एकडिमीलाई पत्रकार महासंघ जिल्ला कार्य समिति हुम्लाले रकम हस्तान्तरण गरेको छ । जिल्लाको खेल क्षेत्रको विकासका लागी मैत्री पुर्ण फुटवलबाट प्राप्त १० हजार रकम एक कार्यक्रमको आयोजना गरी सोमबार हस्तान्तरण गरेको नेपाल पत्रकार महासंघ जिल्ला सचिव नन्द सिंहले बताएका छन् ।

 

गत साउन २३ गते हुम्ला जिल्ला फुटवल एकेडिमिको आयोजनामा संचालन भएको एकेडिमि र पत्रकार विचको मैत्री पुर्ण फुटवल खेलबाट प्राप्त रकम सोमबार फुटवल एकेडिमिका अध्यक्ष विष्णु रावतलाई हस्तान्तरण गरेको हो । मैत्री पुर्ण फुटवलबाट प्राप्त रकम भोज, पाटी गरेर खर्च गर्नु भन्दा त्यसलाई हुम्ला जिल्लाको खेल क्षेत्रको विकासका लागी प्रयोग गर्नका लागी फुटवल एकेडिमिलाई हस्तान्तरण गरेको  पत्रकार महासंघ हुम्लाका कार्यवहाक अध्यक्ष राज शाहीले  बताएका छन् ।

फुटवल एकेडिमि र पत्रकार माहासंघ नघ र मासुको सम्बन्ध रहेको, पत्रकार साथीहरुबाट संधै साथ सहयोग पाइ रहेको र अझै पनि  साथ सहयोग पाउने आशा लिएको हुम्ला फुटवल एकेडिमिका अध्यक्ष विष्णुबहादुर रावतले  बताएका छन् ।

सचिव नन्द सिहले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पत्रकार महासंघका जिल्ला सह सचिव छपाल लामाले  राखेकी थिन भने कार्यक्रमको अध्यक्षता पत्रकार महासंघका जिल्ला कार्यवाहक अध्यक्ष राज शाहीको, प्रमुख आतिथ्य फुटवल एकेडिमिका जिल्ला अध्यक्ष विष्णुबहादुर रावतको र विशेष आतिथ्य मत्रकार महाँसंघका पुर्व अध्यक्ष अर्जुन बोहोराको रहेको थियो ।

सो कार्यक्रममा प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टर सँगै पत्रकार महासंघ हुम्ला शाखाका पदाधीकारीको उपस्थित रहेको थियो ।उक्त कार्यक्रम सोमबहार विहान ८   ३० वजे मानसरोवर होटलमा संचालन भएको थियो ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९