नन्द सिंह शनिबार, जेठ ०३, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला
पछिल्लो चरणमा जिल्ला बाहिरबाट उद्धार गरिएका व्यक्तिहरुलको जेठ ३ गते १४ दिनको अवधि सकिएपछि क्वारेन्टाइनमा बसेका व्यक्तिहरु आ–आफ्नै होम क्वारेन्टाइनमा बस्ने भएका छन् ।

सिमकोट गाउँपालिका–६ को क्वारेन्टाइनमा हाल २९ जना मध्य चंखेलि–५ का तीन, सर्केगाड–१ का एक, खार्पुनाथ–५ का दुई र सिमकोट गाउँपालिका–६ का २३ जना रहेका थिए । सोही व्यक्तिहरु मध्य चार जनाको आरडिटी चेक गर्दा सवैको रिर्पोट नेगेटिभ आएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका हेल्थ अशिसटेण्ट राजु रावतले बताए ।

उनका अनुसार सिमकोट गाउँपालिका ६ का २९ जनाकै स्वाव संकलन गरेर पिसिआर चेकजाँचका लागि सुर्खेत पठाइने भएको छ । आजै भएको आरडिटी चेकमा सिमकोट गाउँपालिका –४ को गुम्वा क्वारेन्टाइनमा रहेका सातै जना व्यक्तिहरुको पनि आरडिटी चेक नेगेटिभ रहेको रावतले बताए ।

त्यस्तै सिमकोट गाउँपालिका–३ का तीनवटै क्वारेन्टाइनमा रहेका ३८ जनाको स्वाव संकलन गरिएको छ भने ३६ जनाको आरडिटी चेक गर्दा सवैको रिर्पोट नेगेटिभ आएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक दानबहादुर बोहराले बताए ।

हुम्लाका सात वटै गाउँपालिकाका क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको अरडिटी परिक्षण गरिएको छ भने सबैको पिसिआर स्वाव संकलन गरि जेठ ४ गते कर्णाली प्रदेशको सुर्खेतमा पठाइने भएको छ । होम क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुको स्वावको रिर्पोट आएपछि मात्र घरमा संगै बस्न मिल्ने भएको सिमकोट गाउँपालिका वडा नम्वर ६ का वडाध्यक्ष जयचन्द्र रोकायाले बतए ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९