राज शाही सोमबार, आषाढ ०७, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

गापालिकाहरुले बजेट ल्याउँदा यसपटक कुन कुन क्षेत्रलाई प्राथमिकता राख्छन् भन्ने कुराको चाँसो बढ्दो छ । त्यो बाहेक उनीहरुले यस वर्ष मुख्य के के काम गरे त ? कसरी यस वर्षको बजेट सदुपयोग गरे ? कुन कुन विकास निर्माणका काम उनीहरुले गरे ? स्थानीय तहलाई केन्द्र र प्रदेश सरकारले बजेट दिन्छन् । तर त्यसलाई उनीहरुले नगरसभा तथा गाउँसभाबाट पारित गर्नुपर्छ । त्यतिबेला बजेट विनियोजन गरिएको हुन्छ । हुम्लाका स्थानीय तहले यस वर्षको आर्थिक वर्ष सकिनै लाग्दा के कस्ता काम गरे । अनि आगामी आर्थिक बजेटको तयारी कस्तो छ ? भन्नेबारेमा सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामासँग पत्रकार राजन रावतले गरेको कुराकानीको सम्पादित अंशः

यसबाट प्राथमिकता दिनुपर्ने कार्यहरु के के हुन सक्छन् ?

पहिलो कुरा सडक नपुगेको र हाल निर्माण भइरहेको वडालाई बाँकी कामका लागि बजेट ब्यबस्था हुनेछ । स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिनेछ । कोभिड महामारीलाई यसैमा समेट्ने योजनामा छौं । त्यसलाई पनि आगामी आर्थिक वर्षको बजेटले समेट्ने छ । यसलाई प्राथमिकतामा राख्ने भन्दै शिक्षामा कम प्राथमिकतामा राख्ने होइन । शिक्षालाई पनि प्राथमिकतामा राख्ने छौं ।अर्को महत्वपुर्ण कुरा निर्माण भएका पुुर्वाधारतर्फका कार्यक्रमहरुको दिगोपन र मर्मत कार्यलाई पनि महत्वका साथ हेरफेर गर्नेछौं । सिंगो गाउँपालिकामा फलफुल खेतीका लागि उपयुक्त भएको कारण कृषि क्षेत्रले पनि श्रोत अनुसार प्राथकिमता पाउनेछ ।  अरु नियमित गर्नुपर्ने कार्य त हुने नै छन् ।

बजेट तर्जुमा गर्दाका चुनौती के भोग्नु पर्नेछ ?

यसमा मुख्य कुरा ठाउँ, भुगोल र अबस्थाले गर्दा बजेट सिमा कम हुनु मुख्य चुनौती रहेको छ । हाम्रो जस्तो महंगी रहेको ठाउँका लागि अहिलेको बजेट निक्कै कम हो । जनताका मागहरु धेरै छन् । यसलाई व्यवस्थापन गर्न मुख्य चुनौती हो । अरु आफ्नै श्रोत नभएको बेला संघ र प्रदेशको मुख ताक्नुको अन्य विकल्प छैन । यो पनि समस्या कै रुपमा छ ।

आन्तरिक श्रोतका रुपमा रहेको पर्यटन क्षेत्र हो । कोभिडको कारण मानसरोवर कैलाशका लागि आउने पर्यटकहरु आउन सक्ने अबस्था छैन । समस्या धेरै छन् । अर्को कुरा संघ र प्रदेशबाट अहिलेको बजेट विनियोजित गर्ने प्रणालीमा सुधार गर्नु आबश्यक छ ।

 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारीमा हुनुहुन्छ के छ तयारी ?

आगामी १० गते गाउँपालिकाले सभामा बजेट प्रस्तुत गर्ने अन्तिम तयारी भइरहेको छ । आगामी आर्थिक वर्षको बजेट प्रदेश सरकारबाट प्राप्त हुने बजेट बाहेक ४३ करोडको बजेट ल्याउने तयारी भइरहेको छ । बस्ती, वडा स्तरबाट योजना तर्जुमा भएर आइसकेका छन । त्यसलाई बिषयगत र एकिकृत तर्जुमा बैठक चलिरहेको छ ।

गाउँपालिकाको लक्ष सवै वडामा सडक निर्माण गर्ने रहेको छ । त्यस अनुसार आगामी आर्थिक वर्ष त्यो कार्य पुरा हुनेछ । अर्को साल यति बेलासम्म सवै वडामा गाडि गुड्ने छन । त्योसँगै स्वास्थ्य, शिक्षा र कृर्षिलाई पनि अर्को प्राथमिकताका बिषय हुनेछ ।

 

– आर्थिक वर्ष सकिन लाग्यो, चालु आर्थिक वर्षमा मुख्य उपलब्धिहरु के के भए र,मान्नु हुन्छ ?

योजना तर्जुमादेखि कार्यान्वयनको चरण रहँदासम्म कोरोना कहरकै बीचमा चल्नु परेको छ । भएको श्रोत साधनबाट प्रत्यक्ष रुपमा देखिने गरी कार्य योजना तर्जुमाहरु गरेका थियौं ।  ती योजनाहरु अहिले केही पुरा भएका छन । भने, केही कार्यान्वयनका चरणमा छन् ।

त्यसमा सडक, ढल, गाउँपालिका भवन निर्माण जग्गा खरिद लगायतका पुर्वाधारमा योजनाहरु थिए । ती पुरा भएका छन् । सदरमुकाम सिमकोटमा सडक विस्तार र ढलको निर्माण कार्य जारी रहेको छ ।

हालसम्म सात वडामा सडक जोड्न सफल भएका छौं । अव वडा नम्बर ८ बाँकी छ । त्यसमा केही निर्माण कार्य भइरहेको छ ।  स्वास्थ्यमा सबै वडामा स्वास्थ्य संस्था स्थापना गर्ने कार्य पुरा भएको छ । उक्त संस्थाहरुमा अहिलेको जटिल अबस्थामा स्वास्थ्यकर्मी खटिएका छन् ।

– प्राथमिकता अनुसार बजेटको व्यवस्था के हुन्छ ?

बजेटको सिमा ज्यादैँ न्यून छ । कुल गाउँपालिकामा आउने बजेट मध्य निशर्तको बजेट झन थोरै छ । आठ वटै वडाहरुलाई भएको श्रोतका आधारमा बजेटले प्राथमिकतामा राखिनेछ । भएकै बजेट सिमालाई ध्यानमा राखेर कार्यक्रम ल्याउने तयारी भइरहेको छ । अर्को लगानी कम तर प्रतिफल बढी आउने कार्यक्रमलाई ध्यान दिईनेछ ।  साझेदारीका कार्यक्रमलाई पनि समेट्नु पर्ने बाध्यता छ । त्यसमा पनि बजेटको व्यवस्था गर्नुपर्ने हो । यसका लागि सम्बन्धितसँग समन्वय पनि गरिनेछ ।

– सम्भावनाका कार्यक्रम भन्नु भएको छ कस्ता कार्यक्रम हुन ?

कम लगानीमा फाइदा बढी हुने कार्यक्रमलाई बढी ध्यान दिइनेछ । जस्तो फलफुल खेती, तरकारी खेती, आयआर्जनका कार्यक्रम यस भित्र पर्नेछन् । फलफुल खेती मुख्य कुरा हो । अघिल्ला आर्थिक वर्षमा पनि यसलाई महत्वका साथ कार्यक्रम गरिएका छन् । फलफुल खेतीले पनि प्राथमिकतामा पारिने छ । न्यून आय तर सम्भावना भएका जनतालाई यसमा समेटिनेछ । देखिने र लाभाम्वित हुने कार्यक्रमहरु यसमा पर्छन् ।

– अन्तमा थप केही भन्नु छ ?

अब यो बजेट तर्जुमा अहिलेको यो कार्यकालको अन्तिम हो । हालसम्म केही कामहरु भएका छन् । जो जनताका पक्षमा छन् । अब नयाँ कार्यक्रमले पनि जनता कै समस्यामा केन्द्रित हुने कार्यक्रम ल्याउने छौं । यसका लागि जनताको पनि साथ सहयोगको अपेक्षा राखेका छौं । धन्यवाद

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९