राज शाही शनिबार, आषाढ ०५, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखा हुम्लाका प्रबन्धक सबिता शाहीले उद्यम शिलता बिकास तालिम ( मेड्पा ) लिएर व्यवासय सञ्चालन गरि रहेको र आर्थिक अभाव देखिएको व्यवसायीले सहुलित दरको व्याजमा ऋण लगानी गर्ने बताएकी छन् । यसका लागि तालिम लिएर व्यवसाय सञ्चालन गरेको हुनु पर्ने सर्त राखिएको छ । सीपले दक्ष भएर काम गरि रहेका व्यवसायीहरुलाई कामको प्रकृति हेरि प्रमाणपत्र जमानीमा ऋण लगानी गर्न सकिने छ ।

सरकारी प्राथमिकताको कार्यक्रम उद्यम शिलता बिकास तालिम लिएका नव तथा पुराना उद्यमीहरुलाई बैंकहरुले सहुलियत दरमा ऋण लगानी गर्ने भएका छन् । सीप र ज्ञान भएर व्यवसाय सुरु गरेका तर आर्थिक कमी भएका व्यवसायीहरुलाई बैंकले सो ऋण लगानी गर्ने भएका हुन ।

हाल हुम्ला जिल्लाका ७ वटा गाउपालिकाहरुले उद्यम शिलता बिकास कार्यक्रम गाउँपालिका स्तरमा सञ्चालन गरि रहेका छन् । आधारभुत र पूर्नताजकिय तालिम लिएर साना व्यवसाय संञ्चालन गरि रहेका व्यवसायीले उक्त ऋण लिन सक्ने बैंक प्रवन्दक शाहीले बताएकी हुन ।

व्यवसाय संञ्चालन गरेका व्यवसायीले पाँच लाखसम्म बिना धितो र त्यो भन्दा माथिको ऋण लिन आबश्यक भए धितो राखेर बार्षिक पाँच प्रतिशतमा सहुलियत रुपमा लिन पाउने छन । बैंकहरुले काम गरि रहेका व्यवसायीलाई यो अवसर नगुमाउन पनि आग्रह गरेका छन् ।

कार्यक्रमले दुवै किसिमका तालिम दिएर तीन वर्षमा ६ सय ४ जना व्यवसायी उत्पादन गरेको स्नोल्याण्ड एकिकृत बिकास केन्द्र नेपालका कार्यकारी निर्देशक गोबिन्द शाहीले जानकारी दिएका छन् । तालिम बिशेष गरि सिस्नो प्रशोधन, होजियारी, च्याउ खेती, सावुन प्रशोन लगाएतका व्यवसायलाई दिईएको थियो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९