राज शाही शनिबार, आषाढ ०५, २०७८ मा प्रकाशित

हुम्ला

राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखा हुम्लाका प्रबन्धक सबिता शाहीले उद्यम शिलता बिकास तालिम ( मेड्पा ) लिएर व्यवासय सञ्चालन गरि रहेको र आर्थिक अभाव देखिएको व्यवसायीले सहुलित दरको व्याजमा ऋण लगानी गर्ने बताएकी छन् । यसका लागि तालिम लिएर व्यवसाय सञ्चालन गरेको हुनु पर्ने सर्त राखिएको छ । सीपले दक्ष भएर काम गरि रहेका व्यवसायीहरुलाई कामको प्रकृति हेरि प्रमाणपत्र जमानीमा ऋण लगानी गर्न सकिने छ ।

सरकारी प्राथमिकताको कार्यक्रम उद्यम शिलता बिकास तालिम लिएका नव तथा पुराना उद्यमीहरुलाई बैंकहरुले सहुलियत दरमा ऋण लगानी गर्ने भएका छन् । सीप र ज्ञान भएर व्यवसाय सुरु गरेका तर आर्थिक कमी भएका व्यवसायीहरुलाई बैंकले सो ऋण लगानी गर्ने भएका हुन ।

हाल हुम्ला जिल्लाका ७ वटा गाउपालिकाहरुले उद्यम शिलता बिकास कार्यक्रम गाउँपालिका स्तरमा सञ्चालन गरि रहेका छन् । आधारभुत र पूर्नताजकिय तालिम लिएर साना व्यवसाय संञ्चालन गरि रहेका व्यवसायीले उक्त ऋण लिन सक्ने बैंक प्रवन्दक शाहीले बताएकी हुन ।

व्यवसाय संञ्चालन गरेका व्यवसायीले पाँच लाखसम्म बिना धितो र त्यो भन्दा माथिको ऋण लिन आबश्यक भए धितो राखेर बार्षिक पाँच प्रतिशतमा सहुलियत रुपमा लिन पाउने छन । बैंकहरुले काम गरि रहेका व्यवसायीलाई यो अवसर नगुमाउन पनि आग्रह गरेका छन् ।

कार्यक्रमले दुवै किसिमका तालिम दिएर तीन वर्षमा ६ सय ४ जना व्यवसायी उत्पादन गरेको स्नोल्याण्ड एकिकृत बिकास केन्द्र नेपालका कार्यकारी निर्देशक गोबिन्द शाहीले जानकारी दिएका छन् । तालिम बिशेष गरि सिस्नो प्रशोधन, होजियारी, च्याउ खेती, सावुन प्रशोन लगाएतका व्यवसायलाई दिईएको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९