राज शाही बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

 

हिमाली जिल्ला हुम्लामा कोरोना गाउँ गाउँमा फैलिन नदिनका लागी जिल्लाका गैर सरकारी संस्थाहरु जनताको जिउज्यानको सुरक्षाका लागी कोरोना प्रतिरोधात्मक स्वास्थ्य सामाग्री वितरण गर्न थालेका छन् । यसै बीच आधारा विकास हुम्लाले सिमकोट गाउँ पालिका वडा नं ५ र ६ का दलित बस्तीका घरधुरीलाई माक्स तथा सावुन वितरण गरेको सोही संस्थाका शिक्षा अधिकृत कुन्जोक लामाले बताएका छन् ।

अधिकृत लामाका अनुसार सिमकोट गाउँ पालिका वडा नं ६ सिमकोट माथिल्लो गाउँका ६० घरधुरीलाई प्रति घरधुरी ४ चक्की सावुन र प्रति व्यक्ती १।१ वटा माक्स वितरण गरिएको बताएका छन् । माथिल्लो गाउँका दलित वस्तीका ६० घरधुरीलाई २ सय ४० गोटा नुवाउने सावुन र ३ सय कपडाको माक्स प्रति र प्रति व्यक्ति २ का दरले ६ सय सर्जिकल मास्क वितरण बुधवार विहान ८ वजे गरिएको हो ।

त्यसै गरी सिमकोट गाउँ पालिका वडा नं ५ सिमकोट तल्लो गाउँका दलित वस्तीलाई नुवाउने सावुन र मास्क विहिवार विहान साढे सात वजे वितरण गरिएको अधिकृत लामाले बताएका छन् । ४८ दलित वस्तिका प्रति घरधुरी ४ चक्कीका दरले २ सय २५ चक्की सावुन र प्रति व्यक्ती ४ का दरले २ सय २५ जनालाइ ९ सय सर्जिकल मास्क वितरण गरेको लामाले बताएका छन् ।

स्वास्थ्य सामाग्रि वितरण कार्यक्रममा सुरक्षाकर्मी जनप्रतिनिधि स्थानियवासी संस्थाका कर्मचारी लगाएतको उपस्थितमा एक कार्यक्रमको आयोजना गरि वितरण गरिएको हो । जम्मा १ सय ८ घरधुरीलाई जम्मा ४ सय ३२ चक्की सावुन र ५ सय २५ जनालाई १ हजार ८ माक्स वितरण गरीएको आधार विकास हुम्लाका शिक्षा अधिकृत कुन्जोक लामाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९