राज शाही मंगलबार, जेठ २५, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

गत जेठ २० गते कर्णाली प्रदेश सरकार,मन्त्रिपरिषदको निर्णयले स्वास्थ्य सेवा कार्यालयबाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र छुट्टिएको छ ।अब जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, हुम्लाले कोरोना प्रभावित विरामीहरूको लागि निःशुल्क रूपमा शक्तिबर्धक आयुर्वेद ओैषधिहरू तत्काल वितरण गर्ने भएको सोही कार्यालय प्रमुख कृष्ण चन्द जोसीले बताएका छन् । हाल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याव सेवा, पञ्चकर्म सेवा, योग सेवा पनि थप गरिएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सक १ जना, कविराज निरिक्षक १ जना , वैद्य २ जना,  ल्याव टेक्निसियन १ जना, कार्यालय सहयोगी ३ जना, अभ्यङ्गकर्ता २ जना गरी जम्मा १० जना कर्मचारी  कार्यरत रहेका छन ।

सर्किदेउ आयुर्वेद ओैषधालयमा ७ जना नागरिक आरोग्य सेवा केन्द्रमा कर्माचारी रहेका छन भने  नाम्याखा गाउँ पालिकाको याल्वाङ, अदानचुली गाउँ पालिकाको श्रीनगर र  खार्लापुनाथ गाउँ पालिकाको लालीमा २।२ जनाका दरले जम्मा ६ जना कर्मचारी कार्यरत छन ।

ताँजाकोट र चंखेली गाउँपालिकामा आर्थिक वर्ष ७८।७९ मा नागरिक आरोग्य सेवा केन्द्र विस्तार गरिने सोही कार्यालय प्रमुख जोसीले बताएका छन् । हाल १५ कोठाको दुई वटा भाडाको घरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र संचालनमा रहेको छ । कर्णाली प्रदेश सरकारले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको लागि जग्गा खरिद गरि भवन निर्माण गरि दिए यस क्षेत्रको विकास संगै आयुर्वेद औषधालयबाट हुने सेवा प्रवाह गर्न सहज हुने कार्यलय प्रमुख जोसीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
नेत्र ज्योती संघ हुम्लाद्धारा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई सम्मान
चालु आर्थिक वर्षको ७ महिनामा १ लाख ६८ हजार राजश्व असुली
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा अनुगमन तथा निरिक्षण

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९