राज शाही शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्लाः २ सय ६० हुम्ली नेपालगन्जमा अलपत्र परेका छन् । काम विशेषले र हिउदमा हुम्लाको जाडो छल्न तराइका विभिन्न जिल्लामा पुगेका हुम्ली यति वेला नेपालगन्जमा अलपत्र परेको सिमकोट गाउँ पालिका वडा नं ६ का रिठे सुनारले बताएका छन् । सुनारका अनुसार खानाको लागी प्रदेश सरकारले केही दिन अघि खाध्यन्न उपलब्ध गराए पनि वस्ने बास नभएको र नेपालगन्जको गर्मीमा तड्पेर बस्नु परेको बताएका छन् ।

हाल दलित मात्रै ४० जना रहेको र अन्य २ सय २० भन्दा वढी रहेको बताएका छन् । गत वैशाख २० ।२१ गते नेपाल सरकारले लकडाउनमा परेका नागरिकलाई सम्बन्धित जिल्ला पुर्याउनका लागी हुम्लामा हवाइ जहाज संचालन गरेका वखत आफ्नो नाम दर्ता गराए पनि पहुचवाला व्यक्तिलाई मात्रै पठाएको र आफुहरु निम्न स्थलको भएकाले कोही कसैले पनि नपठाइ दिएको सुनारले दुखेसो व्यक्त गरेका छन् । गर्मीले गर्दा बालबालिका समेत विरामी परेको र वत लाग्ने ठाउँ समेत नभएको सुनारले बताएका छन् ।

एरलाईन्सले वोडिङ पास समेत दिएको तर उडान नभरिदिदा आफुहरु सारै समस्यामा परेको सुनारले बताएका छन् । एरलाईन्सलाई वुझदा लगडाउन जेठ ५ गते सकिने भएकाले लगाडाउन पछि सरकारको निर्देशन अनुसार प्राथामिकतामा राखि उडाउने बताएको पिडितहरुको भनाइ रहेको छ । ऋण सापटी गरेको पैसा पनि सकिएको र विरामी पर्दा उपचार गर्ने समेत रुपैया नभएको ति सुनारले बताएका हुन ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९