राज शाही शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित

हुम्ला

अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा जुटेको छ । १५ खर्ब ७७ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी छ । योजना आयोगले भने सरकारलाई १४ खर्ब ९३ अर्बको सिलिङ पठाएको थियो ।

बजेटमा सरकारी कर्मचारीको तलव र सामाजिक सु रक्षा भत्ता बढाउने पक्का भएको छ । सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता बढ्ने उल्लेख गरेको छ भने कर्मचारीको तलब बढ्ने विषय भने संकेत गरिएको थियो ।

मन्त्रालय श्रोतका अनुसार सामाजिक सुरक्षा भत्ता अन्तर्गत ज्येष्ठ नागरिककले पाउने वृद्धा भत्ता मासिक एक हजार रुपैयाँले बढाउने लगभग पक्का भएको छ । तर कर्मचारीको तलब कति बढाउने भन्ने निर्णय हुन बाँकी छ ।

‘भत्ता १ हजार बढाउने गरी तयारी गर्न अर्थमन्त्रीज्यूले नै भन्नु भएको छ’ श्रोतले भन्यो ‘कर्मचारीको तलव कति प्रतिशतले बढाउने भन्ने विषयमा भने निर्णय हुन सकेको छैन ।’ शुक्रबार कर्मचारीको तलव १२ देखि २५ प्रतिशतको बिचमा बढाउने छलफल भएको छ ।

अर्थमन्त्रीले आइतबार नै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, पूर्व महालेखा परीक्षक लगायतसँग मंगलबार नै छलफल भएको छ । अर्थमन्त्रालय श्रोतका अनुसार छलफलमा आधा दर्जन बढी आयोगका पूर्व उपाध्यक्षहरू थिए भने अन्य अर्थविद्हरु पनि सहभागी थिए ।

 

सम्बन्धित

ताजा अपडेट
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न
सि.डि.सि.नेपालको आयोजनमा क्षमता अभिवृद्धि तालिम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९