राज शाही शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित

 

हुम्ला

जिल्ला बाहिरबाट उद्धार गरी आएर क्वारेन्टाईनमा बसेका ब्यक्ति मिलेर विद्यालयका लागि शौचालय निर्माण गरेका छन्।क्वारेन्टाईनमा त्यति कै बस्नुभन्दा रचनात्मक काम गर्ने सल्लाह अनुसार शौचालय निर्माण गर्ने निधोमा उनीहरु पुगेका हुन।

विद्यालयका लागि शौचालयको आबश्यकता रहेको बेला क्वारेन्टाईनमा बसेका ३७ जना मिलेर भवन निर्माण गरेको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ का चन्द्र रावलले बताए । उनी पनि क्वारेन्टार्ईनमै बस्दै आएका छन्।सबै जनाको सल्लाह अनुसार दिन बिताउन पनि कठिन भएको समयमा विद्यालयमा शौचालय बनाउने सहमति गरियो र निर्माण कार्य सुरु गरेको रावलले बताए।

क्वारेन्टाईन बसेको आठौ दिनबाट उक्त तीन कोठे शौचालय भवन निर्माण गरिएको छ । शौचालयको झ्याल ढोका राखेर जस्ता छाउने लेवलसम्म गाह्रो लगाउने कार्य सम्पन्न भएको भएको छ।क्वारेन्टाईनमा बसेका कामदारले मिस्त्री र ज्यामीको कामको ज्याला नलिई निशुल्क काम गरेका हुन ।

बालुवा, ढुङ्गा, काठ जस्ता पाताको भने लागत मुल्याङकन अनुसार गाउँपालिकाले लगानी गर्ने गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले बताए । चालु आर्थिक बर्षमा सो विद्यालयमा शौचालय निर्माण गर्ने कार्यक्रम गाउँपालिकाको पनि रहेको छ। तीन लाख भन्दा बढी सो शौचालय निर्माणका लागि बजेट बिनियोजित भएको छ।

सम्बन्धित

ताजा अपडेट
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न
सि.डि.सि.नेपालको आयोजनमा क्षमता अभिवृद्धि तालिम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९