राज शाही शुक्रबार, चैत्र २७, २०७७ मा प्रकाशित

हुम्ला जिल्लाको निर्बाचन क्षेत्र नं ख मा जिल्ला अस्पताल हुम्लाका स्वास्थ्य चिकित्सकहरुले यु एस जी र इम्मपलान्ट सम्बन्धीको स्वास्थ्य उपचार गरिएको छ । उक्त उपचार जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर देव गजमेर र बरिष्ठ अनमी शरिता बोहराले गरेकी हुन ।

हुम्ला जिल्लाको निर्बाचन क्षेत्र नं २ मा रहेको खार्पुनाथ गाउँ पालिकाको ५ वटै स्वास्थ चौकीमा यु एस जी र इम्मपलान्ट सम्बन्धीको सेवा दिएको खार्पुनाथ गाउँ पालिका स्वास्थ्य संयोजक बलिराज शाहीले बताएका छन् । ७ दिन सम्म संचालन भएको सो सेवामा यु एस जी सेवा ९८ जना र इम्मपलान्ट सेवा ६६ जनाले लिएको खवर प्राप्त भएको छ ।

सो स्वास्थ्य सेवा संचालन भई रहँदा खार्पुनाथ गाउँ पालिका वडा नं १ लालीमा यु एस जी सेवा ३३ र इम्मपलान्ट सेवा १३,  वडा नं २ र ३ राया र थालीमा यु एस जी सेवा २५ जना र इम्मपलान्ट सेवा २९ जना सोही गाउँ पालिका वडा नं ४ छिप्रमा यु एस जी सेवा १५ जना र इम्मपलान्ट सेवा ६ र वडा नं ५ खार्पुनाथ स्वास्थ्य चौकीमा यु एस जी सेवा २५ जना र इम्मपलान्ट सेवा १८ जना गरी जम्मा यु एस जी सेवा ९८ जना र इम्मपलान्ट सेवा ६६ जनाले सेवा लिएको संयोजक शाहीले बताएका छन् । खार्पुनाथ गाउँ पालिकाका ५ वटै वडा बाट १ सय ६४ जनाले युएस जी सेवा र इम्मपलान्ट सेवा प्राप्त गर्न सफल भएका छन् ।

उक्त सेवामा खटीने जिल्ला अस्पतालका डाक्टर देव गजमेर र सिनियर अनमी शरिता बोहोरालाई खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावल, ५ नं वडा अध्यक्ष भिमराज शाही लगाएतका जनप्रतिनिधि स्थानियवासी सेवाग्राहीले धन्यवाद समेत प्रर्दान गरेका छन् ।उक्त सेवा यस अघि चैत २० गतेबाट सुरु भइ आज एक कार्यक्रम गरी सम्मपन्न भएको खवर प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९