राज शाही बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

क्वारेन्टाईनमा रहदै आएका ब्यक्तिहरुको कोरोना संक्रमणको नमूना परिक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँ गालिका तर्फ लागेको छ । शुक्रबारबाट अबधि पुरा भएका ब्यक्तिको कोरोना संक्रमणको परिक्षण गर्नु पर्ने हुदा चिकीत्सक सहितको टोली गाउँपालिकामा परिचालन भएको हो ।

माथिल्लो हुम्लाको खार्पुनाथ गाउँपालिकामा दुई जना चिकीत्सक  सहित चार जनाको टोली आरडिटी र भिटिएम परिक्षणका लागि टोली लागेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले बताएका छन् । टोलीले  खार्पुनाथका लागि आरडिटी र पचास किट भिटि आर  बोकेर गएको छ । यता नाम्खा गाउँपालिकामा तीन जनाको टोली गएको उनले बताएका छन । नाम्खाको लागि ४६ किट आरडिटी र १७ किट भिटिएम रहेका छन् ।

सिमकोट गाउँपालिकाका १४ वटा क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुको नमूना कोरोना संक्रमण परिक्षणका लागि ९० किट आरडिटी र ६० किट भिटिआर किट लिएर स्वास्थ्यकर्मी लाग्ने छन् । यसबाट चिकीत्सक सहितको टोलीद्धारा नमूनाका रुपमा कोरोना परिक्षण गर्ने तयारी गरिएको छ । त्यसका लागि मापदण्ड बनाइएको छ ।

यसमा भारतबाट, जेष्ठ नागरिक, काठमाडौं, नेपालगंज र सुर्खेतबाट आएकाहरुलाई प्राथमिकतामा राखेर कोरोना संक्रमणको नमूना परिक्षण हुने प्रमुख सिंहले बताएका छन। जिल्लामा कोरोना संक्रमणको परिक्षणका लागि किटको अभाब भएको कारण नमूना संकलन गर्न लागिएको हो ।  हाल सिमकोट गाउँपालिकामा २५६ जना, नाम्खामा ८६ जना र खार्पुनाथमा १५६ जना ब्यक्तिहरु क्वारेन्टाईनमा रहदै आएका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९