राज शाही मंगलबार, चैत्र ०३, २०७७ मा प्रकाशित

हुम्ला

जिल्ला सदरमुकाम सिमकोटमा सुरक्षा कर्मीको आखा छल्दै चोरी हुनेको संख्यामा वृद्धी भएको छ । चैत २ गते राती अन्दाजी साढे ९ वजेको समयमा एक घरमा डेरा गरी वस्ने व्यक्तीको करिव ३ लाख वरावरको धनमाल र नगद चोरी भएको छ ।

चोरी हुने सामानहरुमा नेपाली नगद रुपैंया २ लाख १० हजार, काँसको कचौरा ३० वटा , काँसको थाल ३१ वटा,  ५ माना मह र सिसाका गिलास २ वटा रहेका छन् ।

चोरी सिमकोट गाउँ पालिका वडा नं ६ मा रहेको नाम्खा गाउँ पालिका वडा नं १ निवासी छातोक तामाङको घरमा डेरा गरी वस्ने सिमकोट गाउँ पालिका वडा नं १ दोजाम गाउँका स्यामजोर लामाको र इन्द्र बहादुर लामाको  भएको हो  । जसको प्रहरीले मुचुल्का समेत गरी अनुसन्धान समेत गरी रहेको खवर प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९