राज शाही बुधबार, फाल्गुण १९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

जिल्ला खोप समन्वय समिति तथा संचारकर्मीहरु संगको अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय समिति प्रमुख दानबहादुर रावतको अध्यक्षता र सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामाको प्रमुख आतिथ्य संगै प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गीरीको विशेष आतिथ्यमा उक्त गोष्ठी संचालन भएको थियो ।


मानसरोवर होटमा विहान ८ बजेबाट संचालन भएको गोष्ठीमा डाक्टर टसी आङजुक लामाले कोभिसिल्ट खोपका बारेमा बताउदै यस बारेमा कोही भ्रममा नपर्न र यो लगाउन समेत जानकारी गराउदै स्वागत मनतव्य समेत राखेका थिए ।


जिल्ला अस्पताल प्रमुख प्रेमबहादुर सिंहले कोभिसिल्ड खोप लगाउनको औचित्य, लक्ष्य उद्देश्य,खोप संचालनको रणनिती, लक्षित समुह निर्धारण र चरण आधार , प्रक्रिया , खोप केन्द्र र सेसन संन्चालन अवधी लगाएतका बारेमा जानकारी गराएका थिए । जिल्लाको भौगलीक विकटता हेरी खोप केन्द्रलाई विस्तार गर्ने, चुस्त दुरुस्त ढंगले स्वास्थ्यकर्मी परिचालन गर्ने विश्वास स्वास्थ्य कार्यालय प्रमुख सिहले उपस्थितहरुलाई विश्वस्त पारेका थिए । कभिसिल्ड खोपलाई प्रभावकारी ढंगले संचालनका लागी जिल्लाका ७ वटै गाउँ पालिका स्वास्थ्य संयोजक संगै स्वास्थ्यकर्मीलाई तालिम दिएर पठाएको पनि सिहले बताएका छन् ।


जिल्ला स्वास्थ्य कार्यालयका कोचे मानबहादुर रोकायाले सहजीकरण गरेको गोष्ठीमा प्रमुख जिल्ला अधिकारी चिरनजीवी गीरीले कोभिसिल्ड खोप हुम्ला जिल्लामा लगाउनका लागी परिचालित हुने स्वास्थ्यकर्मी र राष्ट्रिय अभियान आफ्नो साथ र सहयोग हरदम रहने र उक्त खोप आफुले पनि लगाएकालाई सो खोप प्रति फैलाइएका नकरात्मक अफवाको भ्रममा नपर्न हुम्लीबासीलाई आग्रह समेत गरेका छन् ।


सुरु सुरुमा उक्त खोप लगाउन स्थानियवासी केही त्रसित भए पनि सो खोप लगाएका ४ लाख नेपाली २० करौड वेलाइतीहरुको स्वास्थ्यमा केही नकरात्मक असर नगरेकाले हामी सबै हुम्लीहरुले स्वत स्फुर्तरुपमा लगाउनु पर्ने र विश्वमा माहामारीका रुपमा फैलिएको कोरोना भाइरस लग्नबाट बच्न समेत सोही कार्यक्रमका प्रमुख अतिथि एव सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामाले बताएका छन् ।
गाउँ पालिकाका वडा अध्यक्ष सदस्यहरुलाई सो खोप लगाउदा हुने फाइदा तथा वेफाइदाका बारेमा जानकारी गराउन सके उनीहरुले समुदाय स्तरमा खोप लगाउन सहज हुने जिल्ला समन्वय प्रमुख दानबहादुर रावतले बताएका थिए ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९