राज शाही बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

आधार नेपाल र रेडियो कैलास एफ एम १०३।४ मेगाहर्जले दुर शिक्षा कार्यक्रम संचालन गरिने भएको छ । जिल्लामा नेट इन्टर नेट पौहुच नभएको ठाउँमा सहजै रेडियोबाट विद्यार्थीले सुनेर आफ्नो शिक्षा हाँसिल गर्न सकुन भन्ने हेतुले उक्त कार्यक्रम संचालन गर्न लागीएको हो ।

दुवै संस्थाको साझेदारीमा वढीमा ५ महिनाका लागी पहिलो चरण अन्तरगत रेडियो कैलास मार्फत  विद्यार्थीका लागी दुर शिक्षा कार्यक्रम संचालन हुन लागेको हो । दुर शिक्षा कार्यक्रम रेडियो कैलासबाट जेष्ठ १ गते देखि विहान आठ वजेर तिस मिनेटबा नौ वजेर तिस मिनेट सम्म बिज्ञान विषयको पठन पाठन हुने छ भने वेलुका ५ वजे देखि ६ वजे सम्म गणित विषयको पठन पाठन हुने रेडियो कैलासका आम श्रोताहरुलाई जानकारी गराइएको छ ।

यो लगडाउनका वेला बालबालिकालाई घरैमा वसी रेडियो सुनि पठन पाठनमा सहयोग पुर्याउने रेडियो कैलासको उद्देश्य रहेको छ । कक्षा १० र एसइइको उतिर्ण दरलाई समेत परिणात्मक र गुणात्मक वृर्द्धिमा सहयोग वुराउनका लागी कक्षा १०को विज्ञान र ऊणित विषयको पठन पाठन हुने भएको हो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९