राज शाही आइतबार, कार्तिक ०२, २०७७ मा प्रकाशित

हुम्ला

सिमकोट गाउँ पालिकामा स्थापना भएको जिल्ला अस्पतालमा पिसिआरका लागी स्वाव संकलन गरिएको छ । भिटिएम स्वाव संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी भक्ती फडेराले बताएका छन् । आज संकलन गरिएको स्वाव शोमबार पिसिआरका लागी सुर्खेत पठाइने जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहोराले बताएकी छन् ।

नेपालीहरुको महान चाड वडा दशैंको अवसरमा नेपालका विभिन्न सहर बजारमा नौकरी अध्ययन अध्यापन गर्न गएका विद्यार्थी शिक्षक व्यापारीहरु भित्रीन थालेपछि जिल्ला अस्पतालले कोरोना परिक्षणको लागी भिटिएम स्वाव संकलन गरिएको जिल्ला अस्पतालका सिनियर अनमी बोहोराले बताएकी हुन ।

जिल्ला बाहिरबाट सदरमुकाम सिमकोट भित्रीएका व्यक्तीहरुमा कोरोना संक्रमण हुन सक्ने र उक्त संक्रमण समुदाय स्तरमा नफैलियोस भन्ने हेतुले जिल्ला अस्पतालले भिटिएम स्वाव संकलन गरेको हो ।

यस अघि हुम्ला जिल्लामा ७ जनामा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पजेटिभ देखिएकाको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ । उनीहरु होम आइसोलेसनमा वसी रहेका छन् । पुन हुम्ला जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण फैलन नपाओस भन्ने हेतुले आज पुन भिटिएम स्वाव संकलन गरिएको सिनिएर अनमी बोहोराले बताएकी हून ।

 

 

 

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९