नन्द सिंह मंगलबार, बैशाख ३०, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला 

हुम्ला जिल्लामा कोरोना कहरका बेला पिडितलाई राहत बितरण गर्न स्थानीयतहहरुले उत्सुक्ता देखाएको पाईएको छैन । केहीले मात्र यो पिडाका बेला दुखेको घाउमा मलाम लगाउने कार्य गरेपनि अधिकाँस वडा र गाउँपालिकाहरुले राहत बितरणमा चासै दिएका छैनन् । ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले गाउँपालिकाले छानिएका ३ सय ३० घरधुरीका एक हजार ९ सय ३६ सर्बसाधारणलाई प्रति व्यक्ति पन्द्र केजीका दरले चामल र प्रति घरधुरीलाई साढे एक लिटर तेल सहयोग गरेको बताउनु भयो । गाउँपालिकाले यसका लागि ९१ क्वीन्टल खाद्यान्न र १ सय ६५ लिटर तेल राहत स्वरुप बितरण गरेको थियो ।

त्यसै गरि सिमकोट गाउँपालिका–४ का अध्यक्ष छबिचन्द्र लामाले नौ जना दैनिक गुजारा चलाउन कठिन हुने स्थानीयलाई पन्द्र केजी चामल, एक लिटर तेल र एक केजी चिनीका दरले सबैलाई राहत उपलब्ध गराएको अध्यक्ष लामाले बताए ।

हुम्लाा अन्य गाउँपालिकाले भने राहत उपलब्ध गराउन सकेका छैनन् । यता एक करोड उद्धार कोषमा गाउँपालिकाबाट बजेट बिनियोजित गरेका सर्केगार्ड गाउँपालिकाले हालसम्म सो कोषबाट पिडामा परेका जनतालाई राहत बितरण गर्न सकेको छैन । त्यसैगरि खार्पुनाथ, चंखेली, अदानचुली र नाम्खा गाउँपालिकाले पनि हालसम्म राहत बितरण त के लगत संकलन पनि गरेको देखिएको छैन । प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले केही बाहेक अन्य कुनै पनि गाउँपालिकामा राहत बितरण गरेको जानकारी नआएको बताईन ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९