राज शाही शुक्रबार, भाद्र १९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हिमालि जिल्ला हुम्लामा यो वर्ष कार्तिके वाली राम्रो फल्ने देखिएको छ । हिउदमा हिउ ज्यादा परि खेतबारीमा माटो संग मल राम्रो मिसावट भएको र खेतबारीमा भएको झार पतिङगर कुहि मल बन्न पाएकाले यो वर्ष कार्तिके वाली राम्रो फल आशा पलाएको खार्पुनाथ गाउँ पालिकाका स्थानिय वासी एव पेशाले अहेव जैमल बहादुर शाहीले बताएका छन् ।

शाहीका अनुसार कार्तीके वाली कोदो, चिनो, फापरको बाला राम्रो लागेको र मकै कोषा पनि एउटा वोटमा ३ ।४ वटा सम्म लागेको बताएका छन् । कोदोको फल देख्दै खाउ खाउ जस्तो लागे शाहीले बताएका छन् । किसानले खेतवारीमा गरेको मिहिनेत खेर नजाने देखिएको छ ।

गत चैत ११ गतेबाट कोरोना भाइरस कोभिण्ड १९ ले देश लगडाउन भइ सहर बजारमा पठन पाठन र रोजगारीका लागी गएका युवा जन शक्ति गाउँ फर्के संगै बाबु बाजेको पालाको जग्गा पहिचान गरी कार्तीके वाली लगाए पछी अहिले गाउँ घरमा अन्न राम्रो फल्ने र भोक मरीको संकेत पनि कम देखिएको शाहीले बताएका छन् ।

वर्षा समयमा पनि समय समयमा पानी परि खेतवारीमा छरेको विउ पनि उम्रन सहज भएको छ । यो वर्ष लोप हुनै लागेका पुराना रैथाने दलन वाली गहत, मास, जुनेलो, तिलगेरो, काउन पनि कृषकले उत्पादन गरेका छन् ।

समय समयमा पानी पर्नाले कुनै पनि वालीमा आजका मिति सम्म रोग नलागेको पाइएको छ । लोप हुनै लागेका कालो काउनो, मार्से, मिठे फापरको पनि उत्पादन राम्रो भएको छ ।

जिल्लामा रातो कोदो, कालो कोदो, दुदिलो चिनो, रातो चिनो, मिठे फापर, तिते फापर लगाएतका जातको खेती गर्ने गरिन्छ । यो यी सबै जातका अन्नहरु राम्रो संग फलेको पाइएको हो ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९