राज शाही शुक्रबार, भाद्र १९, २०७७ मा प्रकाशित

हुम्ला

हिमालि जिल्ला हुम्लामा यो वर्ष कार्तिके वाली राम्रो फल्ने देखिएको छ । हिउदमा हिउ ज्यादा परि खेतबारीमा माटो संग मल राम्रो मिसावट भएको र खेतबारीमा भएको झार पतिङगर कुहि मल बन्न पाएकाले यो वर्ष कार्तिके वाली राम्रो फल आशा पलाएको खार्पुनाथ गाउँ पालिकाका स्थानिय वासी एव पेशाले अहेव जैमल बहादुर शाहीले बताएका छन् ।

शाहीका अनुसार कार्तीके वाली कोदो, चिनो, फापरको बाला राम्रो लागेको र मकै कोषा पनि एउटा वोटमा ३ ।४ वटा सम्म लागेको बताएका छन् । कोदोको फल देख्दै खाउ खाउ जस्तो लागे शाहीले बताएका छन् । किसानले खेतवारीमा गरेको मिहिनेत खेर नजाने देखिएको छ ।

गत चैत ११ गतेबाट कोरोना भाइरस कोभिण्ड १९ ले देश लगडाउन भइ सहर बजारमा पठन पाठन र रोजगारीका लागी गएका युवा जन शक्ति गाउँ फर्के संगै बाबु बाजेको पालाको जग्गा पहिचान गरी कार्तीके वाली लगाए पछी अहिले गाउँ घरमा अन्न राम्रो फल्ने र भोक मरीको संकेत पनि कम देखिएको शाहीले बताएका छन् ।

वर्षा समयमा पनि समय समयमा पानी परि खेतवारीमा छरेको विउ पनि उम्रन सहज भएको छ । यो वर्ष लोप हुनै लागेका पुराना रैथाने दलन वाली गहत, मास, जुनेलो, तिलगेरो, काउन पनि कृषकले उत्पादन गरेका छन् ।

समय समयमा पानी पर्नाले कुनै पनि वालीमा आजका मिति सम्म रोग नलागेको पाइएको छ । लोप हुनै लागेका कालो काउनो, मार्से, मिठे फापरको पनि उत्पादन राम्रो भएको छ ।

जिल्लामा रातो कोदो, कालो कोदो, दुदिलो चिनो, रातो चिनो, मिठे फापर, तिते फापर लगाएतका जातको खेती गर्ने गरिन्छ । यो यी सबै जातका अन्नहरु राम्रो संग फलेको पाइएको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९