राज शाही बुधबार, भाद्र १७, २०७७ मा प्रकाशित

हुम्ला

सर्केगाड गाउँ पालिकाको वडा नं ७ रोडिकोटको बाहुन बस्तीमा आगलागी भएको छ । अहिले सम्म ११ वटा घर जलेर पुर्णरुपमा क्षेती भएको स्थानिय वासी ओम प्रसाद जैसीले बताए पनि हाल सम्म पुर्णरुपमा कति घर जलेर नष्ट भएको सो को एकिन जानकारी आउन सकेको छैन । वडा अध्यक्ष कृष्ण प्रसाद जैसीका अनुसार अहिले वेलुका ७ वजेर ३० मिनेट सम्म ५ घर जले र नष्ट भएको बताएका छन् ।

अहिले उक्त गाउँमा सर्केगाड गाउँ पालिका वडा नं ७ रोडिकोटका सम्पुर्ण मानिसहरु जम्मा भइ घरभित्रबाट सामान बाहिर फाल्ने अन्य घरमा आगलागी हुनबाट जोगाउने कार्य भइरहेको जैसीले बताएका छन् ।

आगो अहिले वेलुका अन्दाजी ६ वजे पछि लागेकोले नियन्त्रणमा आउन नकसि रहेको जैसीले बताएका छन् । सर्केगाड प्रहरी चौकीलाई जानकारी गराइएको अहिले सम्म नपुगेको जैसीले बताएका हुन ।

उक्त बाहुन बस्ती सर्केगाड गाउँ पालिका वडा नं ७ को ठुलागाउँ अन्तरगतको एउटा टोल रहेको जैसीले बताएका छन् । आगलागी के कसरी भएको हो अहिले सम्म एकिन जानकारी आएको छैन । आगो बाहुन बस्तीका जोखे जैसीको घरबाट सुरु भएको सोही वडाका वडा अध्यक्ष कृष्ण प्रसाद जैसीले बताएका छन् ।

आगलागी भएको गाउँ हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट २ दिनको पैदल दुरीमा रहेको छ । सर्केगाड प्रहरी चौकिबाट आगलागी भएको ठाउँ करि २ घण्टाको पैदल दुरीमा रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९