राज शाही बुधबार, भाद्र १७, २०७७ मा प्रकाशित

हुम्ला

प्रसुती गृहको आज सिलन्यास गरिएको छ । सिलन्यास हुनेमा हुम्ला जिल्ला सर्केगाड गाउ पालिका वडा नं ७ भिमनगर र पानीमुल गाउँलाई पाएक पर्ने गरी फटकहाल्न रोडीकोटमा निर्माण गरिएको हो । २ कोठे उक्त भवनको आज सोही निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णप्रसाद जैसीको हातबाट सिलन्यास गरिएको हाम्रा स्थानिय संवाददाता ओमप्रसाद जैसीले बताएका छन् ।

जैसीका अनुसार स्नोल्याण्ड एकिकृत विकास केन्द्र एसआइ डिसि नामक गैर सरकारी संस्थाको १५ लाख आर्थिक सहयोगमा उक्त भवनको सिलन्यास गरिएको बताएका छन् । केही प्राविधिक कारण वस निर्माण कार्यमा ढिला भएको भए पनि आजबाटै उक्त भवन निर्माण कार्य सुरु भएको हो । सुविधा सम्पन्न उक्त प्रसुती गृह वन्ने गरी निर्माण भइ रहेको जैसीले बताएका छन् ।

उक्त गाउँहरुमा पाएक पर्ने गरी सरकारी तवरबाट कुनै प्रयास नभएका कारण गैर सरकारी संस्था स्नोल्याण एकिकृत विकास केन्द्र एसआइ डिसीले निर्माण कार्य सुरु गरेको स्नोल्याण्ड एकिकृत विकास केन्द्रका कार्यकारी निर्देश गोविन्दबहादुर शाहीले बताएका छन् । शाहीका अनुसार निकै ठुलो जनसंख्या रहेको भिमनगर र पानीमुलका स्थानियले सो प्रस्तुति गृहबाट सहजै प्रसुती सेवा पाउने बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९