गोर्ख रोकाया बुधबार, भाद्र १७, २०७७ मा प्रकाशित

हुम्ला

हुम्ला जिल्लामा २ दिन सम्म संचालन भएको अननत्या पुर्णीमा मेला सम्पन्न भएको छ । जिल्लाको खार्पुनाथ गाउँ पालिकाको ५ वटै वडामा भव्य र सव्यरुपमा संचालन भएको अननत्या पुर्णीमा मेला भाद्र १६ गतेबाट सुरु भइ आज सम्पन्न भएको हो ।

मेलामा विभिन्न देवी देवताको पुजापाठ गरी धामी झाँक्री नाची खसिको बली दिइ सम्पन्न भएको हो । मेला खार्पुनाथ गाउँ पालिकाको वडा नं ५, ताक्ला वडा नं ४ छिप्रा, वडा नं १ गोप्का, लाली, पिउस  वडा नं २ थाली र वडा नं ३ रायामा भव्य र सव्यरुपमा मनाइएको हो ।

मेलालाई शान्तपुर्णबातावरणमा संचालनका लागी अननत्यापुर्णीमा मेला लाग्ने सबै गाउँहरुमा जाँड रक्सी स्थानिय आमा समुह, मैला समुह, युवा, बालक कलव मिलि वन्द गरेकाले सो मेलामा कुनै झै झगडा नभएको खार्पुनाथ गाउँ पालिका वडा नं १ गोप्का गाउँ निवासी एव हाम्रा स्थानिय संवाददाता गोर्ख वुढाले बताएका छन् ।

यसैका अवसरमा आफ्ना सबै वडामा उक्त पर्व मनाउने भएकाले खार्पुनाथ गाउँ पालिका कार्यपालिकाको भाद्र १५ गते बैठक वसी २ दिन बुधबार र विहिबार सार्वजनिक विदा दिने निर्णय गरी सबै कार्यालयहरु वन्द गरेको थियो । २ दिन वन्द रहेका खार्पुनाथ गाउँ पालिकाका कार्यलय भोली भाद्र १८ गते विहिबारबाट खुल्ने सोही गाउँ पालिका वडा नं ५ का वडा अध्यक्ष एव प्रवक्ता भिमराज शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९