कार्मु लामा बुधबार, भाद्र १७, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

निर्बाचित भएको तीन वर्ष पुरा भएपनि हुम्लाका जनप्रतिनिधिहरुले सम्पति बिबरण सार्वजनिक गरेका छैनन् । कानूनी ज्ञानको अभाब र सम्पति बिबरण सार्वजनिक गर्न आवश्यक नठानेपछि हुम्लाका जनप्रतिनिधिहरुले सार्वजनिक नगरेको पाइएको हो ।

सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाका अनसार गाउँपालिकाका कुनै पनि पदाधिकारीहरुले सम्पति बिबरण सार्वजनिक गरेका छैनन् । सार्वजनिक पद धारणा गरेको कुनै पनि ब्यक्तिले पदबहाली भएपछि सम्पति बिबरण सार्वजनिक गर्न सकिने कानूनी ब्यबस्था भएपनि हुम्लाका जनप्रतिनिधिहरुले  सो बिबरण सार्वजनिक गर्नु आबश्यक ठानेको पाईएको छैन ।

अधिकृत रोकायाले अब कार्यालयले सम्पति बिबरण सार्वजनिक गर्न पत्राचार गर्ने बताए । यता नाम्खा गाउँपालिकाको अबस्था पनि उस्तै रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९