राज शाही मंगलबार, भाद्र १६, २०७७ मा प्रकाशित

हुम्ला

जिल्लाको ग्रामिण वस्तीमा अझै पनि जातीय छुवा छुत हटेको छैन । कथित माथिल्लो जाती भनाउदाहरुले तल्लो जाती भनेर हेप्ने प्रवृद्धि अझै रोकीएको छैन । युवा पिडिले जातिय छुवाछुत नमाने पनि पुराना पाका पुस्ताका जिल्लाका ग्रामिण भेगका अशिक्षित अनपटहरुले उक्त प्रर्थालाई हाल सम्म मानि रहेको खार्पुनाथ गाउँ पालिका वडा नं ५ का टाकुल्ले सार्कीले बताएका छन् ।

उनका अनुसार हामी दलितलाई छोयमा छोइ छिटो गर्ने अपशब्द बोल्ने कार्य पनि गरि रहेको ति व्यक्तीले बताएका छन् । घर भित्र नलिने घर भन्दा पर केही टाढा राख्ने भाँडा वर्तन पनि छुन नदिने जस्ता शारिरीक तथा मानसिक पिडा दिने गरेको उनले बताएका छन् ।

जातीय छुवाछुत गर्न नपाइने अहिले कानून मै उल्लेख भइ सकेको अवस्थामा कोही कसैलाई जातिय भेदभाव गरेमा कानूनी दण्ड सजायको व्यवस्था मुलुकी अपराध संहिता २०७४ को दफा १६६ को उपदफा १ मा जाति विभेद गर्नेलाई सोही संहिताको दफा १६६ को उपदपा २ मा ३ वर्ष कैद वा ३० हजार जरिवानाको व्यवस्था गरेको छ भने राष्ट्र सेवकले जातीय भेदभाव गरेमा थप तीन महिना वढी सजाय हुने व्यवस्था गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९