कार्मु लामा सोमबार, भाद्र १५, २०७७ मा प्रकाशित

हुम्ला

हुम्ला जिल्ला निर्वाचन क्षेत्र नं २ मा रहेको मुख्य सडक निमार्ण कार्य सुरु गरिएको छ । विगत १ वर्ष देखि जिल्ला भरिका वटुवाले तथा घरपालुवा पशु वस्तुले सास्ति खेप्तै आएको खार्पु सुनखाड अन्तरगतको बोक्चेगहुडाको सडक निमार्ण कार्य सुरु गरिएको छ ।

करिव १ वर्ष सम्म निमार्ण कार्य वन्द रहेको उक्त सडक निमार्ण कार्य गत हप्ताबाट सुरु भएको हो । उक्त सडक निर्माण कार्य सुरु भए संगै मानिस तथा घरपालुवा पशु वस्तुलाई आवत जावतमा सहज भएको छ । सडक निर्माण नहुदा स्थानियवासीले अस्थाइ काठको लाप्को लगाएर ज्यानको वाजी थापेर कर्णाली नदिमा वार पार गरि रहेका थिए ।

उक्त विग्रेको सडकमा बटुवाहरु डोरीमा झुन्डीएर भिरगहुडामा आवत जावत गर्न वाध्य भएका थिए । सो भिरमा डोरीमा झुन्डिएर वार पार गर्न नसक्नेले २ घण्टामा पुगिन खार्पुमा ३ घण्टा लगाएर कालापानी छिप्रा हुदै सिमकोट आउनु पर्ने बाध्यता रहेको स्थानियवासी गोर्ख रोकायाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९