कार्मु लामा सोमबार, भाद्र १५, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हुम्ला जिल्ला निर्वाचन क्षेत्र नं २ मा रहेको मुख्य सडक निमार्ण कार्य सुरु गरिएको छ । विगत १ वर्ष देखि जिल्ला भरिका वटुवाले तथा घरपालुवा पशु वस्तुले सास्ति खेप्तै आएको खार्पु सुनखाड अन्तरगतको बोक्चेगहुडाको सडक निमार्ण कार्य सुरु गरिएको छ ।

करिव १ वर्ष सम्म निमार्ण कार्य वन्द रहेको उक्त सडक निमार्ण कार्य गत हप्ताबाट सुरु भएको हो । उक्त सडक निर्माण कार्य सुरु भए संगै मानिस तथा घरपालुवा पशु वस्तुलाई आवत जावतमा सहज भएको छ । सडक निर्माण नहुदा स्थानियवासीले अस्थाइ काठको लाप्को लगाएर ज्यानको वाजी थापेर कर्णाली नदिमा वार पार गरि रहेका थिए ।

उक्त विग्रेको सडकमा बटुवाहरु डोरीमा झुन्डीएर भिरगहुडामा आवत जावत गर्न वाध्य भएका थिए । सो भिरमा डोरीमा झुन्डिएर वार पार गर्न नसक्नेले २ घण्टामा पुगिन खार्पुमा ३ घण्टा लगाएर कालापानी छिप्रा हुदै सिमकोट आउनु पर्ने बाध्यता रहेको स्थानियवासी गोर्ख रोकायाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९