गोर्ख रोकाया सोमबार, भाद्र १५, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्ला कृषिमा आधुनिक तिर लम्कीदै गएको छ । परम्परागतरुपमा हुदै आएका कृषि कामहरु अव आधुनिक ढंगबाट संचालन हुदै आएका छन् । खेतबारीमा लगाएको गहु उवा जौ लगाएतका अनबाली घर भित्र्याए संगै दाना निकाल्नको लागी छतमा सुकाइ २।३ दिन लगाएर दाना निकाल्ने गरिन्थ्यो । अव उक्त समस्या हटेको छ ।

सिमकोट गाउँ पालिका वडा नं ८ वडा इकाइको आर्थिक सहयोगमा थ्रेरेसर मेसिन खरिद गरी साँता गाउँका स्थानिय कृषकलाई हस्तान्तरण गरेपछि श्रम र समयको वचत भएको स्थानियवासी एव बलभद्र प्राथामिक विधालयका शिक्षक नवराज शाहीले बताएका छन् ।

४९ घर धुरी रहेको साँता गाउँमा उक्त मेसिन जडान भए पछी गाउँ भरिको अन्न चुट्न अर्थात दाना निकाल्न वढीमा १० दिन मात्रै लाग्ने गरेको शिक्षक शाहीले बताए । मेसिन गाउँ घरमै जडान गरिदा दिन भरि बाला चुटेर वेलुका वढीमा ३० केजी निक्लने गरेको र मानिसहरुको श्रम वढी लग्ने समय वढी खर्च हुने गरेको भए पनि अव त्यसबाट छुट्कार पाएको शाहीले बताए ।

मेसिन सिमकोट गाउँ पालिका वडा नं ८ ले ८ लाख ३३ हजार ३ सय ३३ मा खरिद गरि सिमकोट पुर्याएको थियो । सो मेसिन सिमकोटबाट साँता गाउँ सम्मको ढुवानी, मेसिनलाई सुरक्षा गर्नकोलागी अस्थाइ घर निर्माण र जस्ता पाताको ढुवानी समेत गरी करिव २ लाख सम्मको स्थानिय वासीले श्रमदान गरेका थिए । सो मेसिन गत हप्ताबाट संचालनमा आएको स्थानियवासी गोर्ख रोकायाले सम्बन्धित स्थलबाट जानकारी गराए ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९