गोर्ख रोकाया सोमबार, भाद्र १५, २०७७ मा प्रकाशित

हिमाली जिल्ला हुम्ला कृषिमा आधुनिक तिर लम्कीदै गएको छ । परम्परागतरुपमा हुदै आएका कृषि कामहरु अव आधुनिक ढंगबाट संचालन हुदै आएका छन् । खेतबारीमा लगाएको गहु उवा जौ लगाएतका अनबाली घर भित्र्याए संगै दाना निकाल्नको लागी छतमा सुकाइ २।३ दिन लगाएर दाना निकाल्ने गरिन्थ्यो । अव उक्त समस्या हटेको छ ।

सिमकोट गाउँ पालिका वडा नं ८ वडा इकाइको आर्थिक सहयोगमा थ्रेरेसर मेसिन खरिद गरी साँता गाउँका स्थानिय कृषकलाई हस्तान्तरण गरेपछि श्रम र समयको वचत भएको स्थानियवासी एव बलभद्र प्राथामिक विधालयका शिक्षक नवराज शाहीले बताएका छन् ।

४९ घर धुरी रहेको साँता गाउँमा उक्त मेसिन जडान भए पछी गाउँ भरिको अन्न चुट्न अर्थात दाना निकाल्न वढीमा १० दिन मात्रै लाग्ने गरेको शिक्षक शाहीले बताए । मेसिन गाउँ घरमै जडान गरिदा दिन भरि बाला चुटेर वेलुका वढीमा ३० केजी निक्लने गरेको र मानिसहरुको श्रम वढी लग्ने समय वढी खर्च हुने गरेको भए पनि अव त्यसबाट छुट्कार पाएको शाहीले बताए ।

मेसिन सिमकोट गाउँ पालिका वडा नं ८ ले ८ लाख ३३ हजार ३ सय ३३ मा खरिद गरि सिमकोट पुर्याएको थियो । सो मेसिन सिमकोटबाट साँता गाउँ सम्मको ढुवानी, मेसिनलाई सुरक्षा गर्नकोलागी अस्थाइ घर निर्माण र जस्ता पाताको ढुवानी समेत गरी करिव २ लाख सम्मको स्थानिय वासीले श्रमदान गरेका थिए । सो मेसिन गत हप्ताबाट संचालनमा आएको स्थानियवासी गोर्ख रोकायाले सम्बन्धित स्थलबाट जानकारी गराए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९