कार्मु लामा आइतबार, भाद्र १४, २०७७ मा प्रकाशित

हुम्ला

जिल्लामा अपराधिक गतिविधि भएमा पिडितले न्याय खोज्नका लागी निवेदन लेख्न सक्ने मानिस नभएका वेला हुम्ला जिल्ला अदालतले महिला वैतनिक कानून व्यवसायी पाएको छ ।

हुम्ला जिल्लामा औलामा गर्ने मात्रै केही कानून पढेका भए पनि अधिवक्ता हाल सम्म मुस्किलले ५ जना सम्म रहेका छन् । अन्य ४ जना आ आफ्नै पेशा तथा राजनैतिकमा होमिए पछि हुम्ला जिल्लाले महिला वैतनिक कानुन व्यवसायी अधिवक्ता राजन चन्दलाई नियुक्त गरेको हो।

यसले गर्दा हुम्ला जिल्लामा परेका मुद्दा माथि बहस पैरवि गर्ने थुनुवा तथा कैदीको तर्फबाट वसह वकालत गर्ने काम कानून व्यवसायी अधिवक्ता चन्दले गरी रहेकी छन् ।

वैतनीक कानून व्यवसायीले आर्थिक अवस्था कम्जोर भएका महिला असक्त वृद्ध एकल महिलाहरुको तर्फबाट बहस पैरवी निशुल्क रुप गर्ने हेतुले हुम्ला जिल्ला अदालतले अधिकृत स्तरको तलव दिइ वहस वैरवीमा वैतनिक कानून ब्यवसायी अधिवक्तालाई नियुक्त गर्ने गरेको छ ।

अधिवक्ता चन्द हुम्ला जिल्ला अदालतमा नियुक्त भए संगै करिव १२।१५ वटा मुद्दामा वस तथा पैरवी गरि सकेकी छन् । हुम्ला जिल्लामा अभिकर्ता तथा अधिवक्ता नहुदा लाखौ रुपैयाँ खर्च गरेर नेपालगन्ज सुर्खेत पुगी मुद्दा लेख्नु पर्ने अवस्था रहेको छ ।

दुर्गम हिमाली जिल्लामा वढी महिला वादी मुद्दा दर्ता हुने गरेको अवस्थामा महिला अधिबक्ता हुम्ला जिल्ला अदालतमा नियुक्त हुदा महिलाले आफ्ना पिडा सहजै पोख्ने गरेको र सोही अनुसार न्याय पाउन थालेका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९