कार्मु लामा आइतबार, भाद्र १४, २०७७ मा प्रकाशित

हुम्ला

मुद्दा फैसलाभई हुम्ला जिल्ला अदालतबाट दण्ड जरीवाना, कैद लागेका व्यक्तिहरुले आफै वुझाउन ल्याएमा केही रकम छुट हुने भएको छ । छुट हुनेमा एक महिना भित्र बुझाउन ल्याएमा यो जरिवाना रकमको १५ प्रतिसत, दुइ महिना भित्र बुझाउन ल्याएमा १३ प्रतिसत, तीन महिनामा बुझाउन ल्याएमा ११ प्रतिशत, चार महिना भित्र बुझाउन ल्याएमा ९ प्रतिसत, पाँच महिना भित्र बुझाउन ल्याएमा ७ प्रतिसत, ६ महिना भित्र बुझाउन ल्याएमा ५ प्रतिशत छुट दिइने हुँम्ला जिल्ला अदालतका तहसिलदार दानबहादुर रावतले बताएका छन ।

हुम्ला जिल्ला अदालतको लगतमा अदालतको फैसला अनुसार असुल हुनबाँकी कैद, दण्ड र जरिवाना भएको सम्वन्धित व्यक्तिले त्यस्तो बाँकी बक्यौताको रकम बुझाउन ल्याएमा जिल्ला अदालत नियमावली २०५२ को नियम ८७ को उपनियम २ बमोजिम जानकारी भएको मितिले उक्त रकम वुझाउन जानकारी गराइएको छ ।

हुम्ला जिल्ला अदालतबाट दण्ड जरिवाना, कैद लागेका व्यक्तिको नाममा वारेण्ट जिल्ला प्रहरी कार्यालयमा पठाइसकीएकाले यस्ता व्यक्तिलाई प्रहरीले जुनसुकै समयमा पक्राउ गर्न सक्ने भएकाले इमानदारी पुर्व हुम्ला जिल्ला अदालतमा कैद, जरीवाना, दण्ड लागेको रकम वुझाउन हुन पनि तहसिलदार रावतले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९