नन्द सिंह बिहिबार, भाद्र ११, २०७७ मा प्रकाशित

हुम्ला,
सिमकोट गाउँपालिकाले सवै किसिमका सामाजिक सुरक्षा भत्ता जम्मा गर्नका लागि परव्यक्तिको खाता खोल्ने प्रब्धान ल्याएको छ । भदौ ११ गते सोही गाउँपालिका जनप्रतिनिधि, गाउँकार्यपालिका सदस्य र कर्मचारीहरु बसेको बैठकले भदौ १२ गतेबाट सिमकोट गाउँपालिका भित्र रहेका सम्र्पुण सुरक्षा भत्ता पाउने लाभग्राहीहरुको व्यक्तिगत खाता खोल्ने बारे निर्णय गरेको छ ।

सिमकोट गाउँपालिकाको निर्देशनमा पञ्जिकरण शाखाले भदौ १२ गतेबाट अपङगता, बालबालिका, वृद्ध वृदा, एकल महिला लगायत फरक क्षमता भएका व्यक्तिहरुको राष्ट्र्यि बाणिज्य बैंक शाखा कार्यालय हुम्लाबाट खाता सञ्चालन गर्ने भएको सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले बताए । अध्यक्ष लामाका अनुसार यस भन्दा पहिला वडाध्यक्षहरुको नेतृत्वमा गाउँ गाउँमा गएर उक्त सुरक्षा भत्ता हातैमा बुझाउने गरिन्थ्यो ।

तर अव स्थानीय तहलाई केन्द्रले गरेको निर्देशन अनुसार पञ्जिकरण शाखालाई यो जिम्मा लगाएपछि यस्तो प्रकृया सञ्चालन हुने भएको छ । हाल सोही गाउँपालिका भित्र रहेका सम्र्पुण सुरक्षा भत्ता पाउँने जतिका व्यक्तिहरुले सदरमुकाम सिमकोट आएरै खाता खोल्नु पर्ने भएको छ । उक्त गाउँपालिका भित्रका खाता खोल्नु पर्ने व्यक्ति मध्ये असाय, अशक्त, विभिन्न कारणवस सदरमुकाम धाउन नसक्ने व्यक्तिका लागि भने सम्वन्धित बैंक कर्मचारी गाउँमै गएर खाता खोल्ने भएको छ ।

सो गाउँपालिकाले खाता खोल्नका लागि पहिलो प्रथामिक्ता राष्टि्य बाणिज्य बैंकलाई अनुरोध गर्ने तर कारणबस सोही बैकले गर्न नसेकाम प्राईवेड बैंकहरुसंग सम्झौता गर्ने भएको गाउँपालिका अध्यक्ष लामाको भनाई छ । यतिखेर सिमकोट गाउँपालिका भित्र सामाजिक सुरक्षा भत्ता पाउँने लाभाग्राहीको संख्या ३ हजार ५ सय रहेको छ भने पछिल्लो चरणमा बालबालिकाको संख्या १ सय भन्दा वढिको इन्न्ट्र्ी गर्न बाँकी रहेको पञ्जिकरण शाखाका एमआईएस अप्रेटर नरपति जेठाराले बताए ।

यसैमा पनि अपङगता भएका व्यक्तिहरुको क देखि घ सम्मको श्रेणी भएकोले यसमा क श्रेणीलाई मात्र सुरक्षा भत्ता वितरण गर्ने गरेको अप्रेटर जेठाराको भनाई छ । त्यस्तै केही महिना अघिमात्रै यस्तै निर्णय खार्पुनाथ गाउँपालिकाले पनि गरेको थियो । त्यसको प्रकृया भने पुरा हुन नसकेको खार्पुनाथका स्थानीयले गुनासो गरेको विभिन्न सञ्चार मिडियामा प्रकासित भएको थियो ।

कतै त्यस्तै प्रकृया सिमकोट गाउँपालिकामा पनि हुनेत हैन ? भन्दा हाम्रो गाउँपालिकामा सवै काम पुरा गरेरै छोड्छौ, विचैमा समस्या हुंन दिदैनौँ र लागि पर्ने भएको सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले प्रतिवद्धता जनाए । अव सिमकोट गाउँपालिका भित्रका अपङगता, बालबालिका, वृद्ध वृदा, एकल महिला र फरक क्षमता भएका व्यक्तिहरुले आफ्नै खाताबाट सुरक्षा भत्ताको रुपैयाँ आफै झिक्न पाउने भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९