राज शाही बिहिबार, भाद्र ११, २०७७ मा प्रकाशित

हुम्ला

भौतिक पूर्वाधार र जनशक्ति अभावले जिल्ला भित्रका स्वास्थ्यचौकीको सेवा प्रभावित बनेको छ। स्वास्थ्यचौकीमा जग्गा, भवन, स्वास्थ्यकर्मीदेखि ल्याब परीक्षणसम्मका समस्या छन् । सिमकोट गाउँ पालिका बाहेकका अन्य जिल्लाका ६ वटा गाउँ पालिकामा स्वास्थ्यचौकीमा पूर्वाधार अभावले बर्थिङ सेन्टर सञ्चालनमा समस्या भएको हो ।

स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार कोठाको भवनमा बर्थिङ सेन्टर छ । एउटामा बिरामीको स्वास्थ्य परीक्षण हुन्छ, अरू  कोठामा डेलिभरी तथा औषधि र केही सामग्री राख्ने गरिएको छ । पूर्वाधार अभावले एकपटकमा एकभन्दा बढीलाई सुत्केरी गराउन नसकिने अवस्था रहेको छ । तर, कहिलेकाहीं एकै पटकमा ५ जनासम्म गर्भवती महिला स्वास्थ्यचौकी आउँछन् ।

‘त्यस्तो बेला भुइँमै राखेरै सुत्केरी गराउनु पर्ने वाध्यता रहेको छ । बिजुलीको समस्या पनि उस्तै छ । कतिकति बेला झयाप्प जान्छ । इन्भटर अभावले अँध्यारोमा टर्च बालेर सुत्केरी गराउनुपर्ने बाध्यता छ । ‘प्रशव पीडामा महिला छट्पटिँदा सम्हाल्न पनि गाह्रो पर्ने गरेको बताइएको छ । ‘डेलिभरी गराउने ठाउँ राम्रो छैन । कुरुवा बस्ने त झन् हुने कुरै भएन । सिमकोट गाउँ पालिकामा जिल्ला अस्पताल भएपनि त्यसको हविगत पनि उस्तै रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९