राज शाही बिहिबार, भाद्र ११, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

भौतिक पूर्वाधार र जनशक्ति अभावले जिल्ला भित्रका स्वास्थ्यचौकीको सेवा प्रभावित बनेको छ। स्वास्थ्यचौकीमा जग्गा, भवन, स्वास्थ्यकर्मीदेखि ल्याब परीक्षणसम्मका समस्या छन् । सिमकोट गाउँ पालिका बाहेकका अन्य जिल्लाका ६ वटा गाउँ पालिकामा स्वास्थ्यचौकीमा पूर्वाधार अभावले बर्थिङ सेन्टर सञ्चालनमा समस्या भएको हो ।

स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार कोठाको भवनमा बर्थिङ सेन्टर छ । एउटामा बिरामीको स्वास्थ्य परीक्षण हुन्छ, अरू  कोठामा डेलिभरी तथा औषधि र केही सामग्री राख्ने गरिएको छ । पूर्वाधार अभावले एकपटकमा एकभन्दा बढीलाई सुत्केरी गराउन नसकिने अवस्था रहेको छ ।

तर, कहिलेकाहीं एकै पटकमा ५ जनासम्म गर्भवती महिला स्वास्थ्यचौकी आउँछन् ।त्यस्तो बेला भुइँमै राखेरै सुत्केरी गराउनु पर्ने वाध्यता रहेको छ । बिजुलीको समस्या पनि उस्तै छ । कतिकति बेला झयाप्प जान्छ । इन्भटर अभावले अँध्यारोमा टर्च बालेर सुत्केरी गराउनुपर्ने बाध्यता छ । ‘प्रशव पीडामा महिला छट्पटिँदा सम्हाल्न पनि गाह्रो पर्ने गरेको बताइएको छ । ‘डेलिभरी गराउने ठाउँ राम्रो छैन । कुरुवा बस्ने त झन् हुने कुरै भएन । सिमकोट गाउँ पालिकामा जिल्ला अस्पताल भएपनि त्यसको हविगत पनि उस्तै रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९