नन्द सिंह बुधबार, भाद्र १०, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला,
हुम्ला जिल्लामा रहेको खाद्य संस्थान शाखा कार्यालयका लागि आ.व. ०७७।७८ का लागि पहिलो पटक १० हजार क्वीन्टल खाद्यान्न स्वीकृत भएको छ । केही दिन अगाडी मात्रै खाद्य व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले जिल्ला भरिका डिपो, विक्रि केन्द्र र शाखाका लागि ७३ हजार क्वीन्टल खाद्यान्न माग गर्ने भनिएता पनि हाल सिमकोट खाद्यसंस्थान शाखा कार्यालयका लागि १० हजार क्वीन्टल खाद्यान्न स्वीकृत भएको शाखा कार्यालय हुम्लाका प्रमुख रामबहादुर विष्टले बताए ।

 

प्रमुख विष्टका अनुसार सो खाद्यान्न स्वीकृत प्रकृया अन्तिम चरणमा रहेको छ । शाखाका लागि स्वीकृत भएको खाद्यान्न नेपालगंजबाट ४ हाजार क्वीन्टल र सुर्खेतबाट ६ हजार क्वीन्टल गरि जम्मा १० हजार क्वीन्टल हुम्ला पुग्ने भएको छ । नेपालगंजबाट यो भन्दा पहिला प्रति केजीको १ सय १४ रुपियाँ ८० पैंसामा ढुवानी हुन्थ्यो भने अहिले १ सय १३ रुपियाँ ८० पैंसामा ढुवानी हुँदै आएको छ । सुर्खेतबाट प्रति केजीको पहिला १ सय १२ रुपियाँ ८० पैंसा आउने गरेको र अहिले सोही ठाउँबाट प्रति केजीको १ सय ८ रुपियाँमा ढुवानी हुने गरेको छ ।

 

नेपालगंजबाट सिता र तारा एयरले २।२ हजारका दरले खाद्यान्न ढुवानीको जिम्मा लिएको प्रमुख विष्टले बताउनु भएको छ । त्यस्तै स्थलमार्गको खाद्यान्नको टेण्डर प्रकृया भने चलि रहेको जानकारी आएको छ । चंखेली गाउँपालिकाको देउली बिक्रि केन्द्र, ताँजाकोटको छप्रेला विक्रि केन्द्र, खार्पुनाथको याङचु विक्रि केन्द्र, नाम्खा गाउँपालिकाको यालवाङ विक्रि केन्द्र र यो वर्ष हालै मात्र सर्केगाड गाउँपालिकाको १ जैर र तुम्च गाउँ विच बालुकुनामा नयाँ विक्रि केन्द्र सञ्चालन भईरहेका छन् ।

 

त्यस्तै सर्केगाड गाउँपालिका डिपो कार्यालयमा हाल १ सय क्वीन्टल, अदानचुली श्रीनगर डिपो कार्यालयमा १ सय ५० र शाखा कार्यालय सिमकोटमा ३ हजार क्वीनटल खाद्यान्न मौज्दात रहेको प्रमुख विष्टले बताउनु भएको छ । नाम्खा गाउँपालिकाको आ.व.०७६।०७७ को १ हजार क्वीनटल मध्य शाखाबाट खाद्यान्न अेासार्ने कार्य भने तिव्र रहेको छ ।

 

तर बाटो भत्केका कारण खाद्यान्न ओसार्ने कार्य भने ढिलो भए पनि यो पटक भने नियमित गईरहेको बताइएको छ । प्रमुख विष्टका अनुसार शाखाका लागि यति खाद्यान्न ढुवानी भएपछि त्यस लगतै पुनः पनि खाद्यान्न कोटा थप गर्नका लागि केन्द्रमा अनुरोध गर्ने भएको छ । यो वर्ष सिमकोट शाखाका लागि सवै भन्दा पहिला खाद्यान्न आउने भएको छ भने अन्य बाँकी डिपो र विक्रि केनद्रका लागि पहल कार्य भईरहेको छ ।

 

आ. व. ०७७।७८ का लागि सिमकोट शाखाको लागि ३५ हजार, श्रीनगर डिपोका लागि ६ हजार, सर्केगाड डिपोका लागि ८ हजार, ताँजकोटको छप्रेला विक्रि केन्द्रका लागि ६ हजार, यालवाङ विक्रि केन्द्रका लागि ६ हजार, खार्पुनाथको याङचु विक्रि केन्द्रका लागि ६ हजार माग गरिएको भए पनि यसको टेण्डर प्रकृया भने भईरहेको छ ।

 

प्रकृया पुरा भए लगतै उक्त चामल स्थलमार्ग हुँदै हुम्ला पुग्ने भएको प्रमुख विष्टको भनाई छ । खाद्यान्न ढुवानी पनि केही हतसमम कम परेकोले पहिला जहाजबाट ढुवानी कार्य लगतै हुने भएको हो । विगतका वर्षहरुमा भन्दा यो वर्ष हुम्लामा खाद्यान्न विक्रि वितरणमा नियमित सञ्चालन भएको देखिन्छ । यहाँका स्थानीयहरुले िनयिमत खाद्यान्न उपभोग समेत गरि रहेको पाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९